नहेम्याह 10
10
1करार-पत्रमा सबैभन्दा पहिले हकल्याहको छोरा नहेम्याह बडा-हाकिमले सही गरे। त्यसपछि सिदकियाहले सही गरे। तीपछि यिनीहरूले सही गरे:
2-8पूजाहारीहरू:
सरायाह, अजर्याह, यर्मिया,
पशहूर, अमर्याह, मल्कियाह,
हत्तूश, शबन्याह, मल्लूक,
हारीम, मरेमोत, ओबदिया,
दानिएल, गिन्नतोन, बारूक,
मशुल्लाम, अबिया, मियामीन,
माज्याह, बिल्गै र शमायाह।
9-13लेवीहरू:
अजन्याहका छोरा येशूअ,
हेनादादका वंशका बिन्नूई,
कादमीएल, शबन्याह, होदियाह,
कलीता, पलयाह, हानान,
मीयका, रहोब, हशब्याह,
जक्कूर, शरेबियाह, शबन्याह,
होदियाह, बानी र बनीनू।
14-27इस्राएलीहरूका अगुवाहरू:
परोश, पहत-मोआब, एलाम,
जत्तू, बानी, बुन्नी, अज्गाद,
बेबै, अदोनियाह, बिग्वै, आदीन,
आतेर, हिजकिया, अज्जूर,
होदियाह, हाशूम, बेजै, हारीप,
अनातोत, नेबै, मग्पीआस,
मशुल्लाम, हेजीर, मशेजेबेल,
सादोक, यदूअ, पलत्याह, हानान,
अनायाह, होशिया, हनन्याह,
हश्शूब, हल्लोहेश, पिल्हा, शोबक,
रेहूम, हशब्ना, मासेयाह, अहिया,
हानान, आनान, मल्लूक,
हारीम र बानाह।
करार-पत्र
28हामी इस्राएलका पूजाहारी, लेवी, मन्दिरका पहरादार, गवैया, कारिन्दाहरू र अरू इस्राएलीहरूले परमेश्वरका व्यवस्था पालन गरेर आफैंलाई देशभित्रका विदेशी मानिसहरूदेखि अलग गरेका छौं र आफ्ना स्वास्नी र बुझ्न सक्ने उमेर भएका केटा-केटीहरूसमेत 29हाम्रा मुखियाहरूसँग एक भएर यो शपथ खाएका छौं कि हामी परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्था-विधिअनुसार आफ्ना जीवन बिताउनेछौं। यो वाचा भङ्ग गरेमा हामी परमेश्वरको सराप-दण्डको भागिदार बन्नेछौं। परमेश्वर परमप्रभुले दिनुभएको आज्ञा पालन गर्नेछौं र उहाँका सबै व्यवस्था र आदेशहरू पालन गर्नेछौं।
30 #
प्रस्थान 34:16; व्यवस्था 7:3 हाम्रा देशमा बास गर्ने विदेशी मानिसहरूसँग हामी अन्तरजातीय बिहावारी गर्नेछैनौं।
31 #
प्रस्थान 23:10,11; लेवी 25:1-7;
व्यवस्था 15:1,2 ती विदेशीहरूले विश्रामका दिन वा अरू पवित्र दिनमा बेच्नलाई ल्याएका अन्न वा अरू वस्तुहरू हामी किन्नेछैनौं।
हरेक सातौँ वर्ष हामी जमिनमा अन्न लाउनेछैनौं र सबै ऋण छोडिदिनेछौं।
32 #
प्रस्थान 30:11-16
वर्षेनी मन्दिरको खर्च चलाउन हामी प्रत्येकले करिब ५ ग्राम चाँदी दिनेछौं।
33मन्दिरको सेवाको निम्ति पवित्र रोटी, दैनिक अन्नबलि, होमबलिको लागि पशुहरू, विश्रामको दिन, औंसी र अरू चाड-पर्वमा चाहिने भेटीहरू, इस्राएलको प्रायश्चितका निम्ति पापबलि र अरू मन्दिरलाई चाहिने पदार्थहरू हामी दिनेछौं।
34व्यवस्थामा लेखेअनुसार बलि चढाउँदा चाहिने दाउरा इस्राएलका वंशले पालैपालो गरेर वर्षेनी दिनेछन्। पूजाहारी, लेवी र मानिसहरू सबै मिली, चिट्ठा हालेर, कुन वंशले दाउरा दिने हो, त्यो हामी वर्षेनी खटाउनेछौं।
35 #
प्रस्थान 23:19; 34:26; व्यवस्था 26:2 वर्षेनी आफ्ना जमिनमा बटुलेका पहिला अन्न र रूखमा फलेका अगौटे फलहरू मन्दिरमा परमेश्वरलाई चढाउनेछौं।
36 #
प्रस्थान 13:2
हाम्रा परिवारमा जन्मेका जेठा छोरा व्यवस्थाअनुसार मन्दिरमा पूजाहारीकहाँ लगेर परमेश्वरलाई अर्पण गर्नेछौं। त्यसरी नै गाई-वस्तुका पहिला बाछो र भेडा-बाख्राका पहिला पाठा हामी अर्पण गर्नेछौं।
37 #
गन्ती 18:21
वर्षेनी आफ्नो जमिनको पहिलो अन्नदेखि तयार गरेर मुछेको पिठो र हामीले चढाउनुपर्ने भद्राक्षको तेल, दाखमद्य र सबै प्रकारका फलहरू मन्दिरमा पूजाहारीकहाँ टक्र्याउनेछौं।
गाउँमा दशौँ हिस्सा उठाउन खटिएका लेवीहरूलाई हामी आफ्ना जमिनका उब्जनीको दशौँ भाग दिनेछौं। 38#गन्ती 18:26दशौँ हिस्सा उठाएको बेलामा हारून वंशका पूजाहारीहरू लेवीहरूसँग रहनेछन् र यसरी सङ्ग्रह गरेका दशौँ हिस्साको भागबाट अर्को दशौँ भाग निकाली ती लेवीहरूले मन्दिरमा चलाउनका लागि मन्दिरको ढुकुटीमा जम्मा गर्नेछन्। 39भेटीमा सङ्ग्रह भएका अन्न, दाख-मद्य र भद्राक्षको तेल, इस्राएली र लेवीहरूको मन्दिरको ठूल्ठूला कोठामा जम्मा गर्नेछन्, जहाँ मन्दिरका काम गर्ने पूजाहारी, पहरादार र अरू कारिन्दाहरूका बास गर्ने कोठाहरू छन्।
हाम्रा परमेश्वरको भवनलाई हामी अवहेलना गर्नेछैनौं।
अहिले सेलेक्ट गरिएको:
नहेम्याह 10: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.