YouVersion लोगो
खोज आइकन

मर्कूस 7:6-13

मर्कूस 7:6-13 सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्‍कै मिल्‍छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’ साँच्‍चै तिमीहरूले परमेश्‍वरका धार्मिक आज्ञालाई पन्‍छ्याएर मानिसहरूको रीतिथिति पो मान्‍छौ।” येशूले अझै भन्‍नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्‍ना रीतिथिति चलाउन परमेश्‍वरको आज्ञालाई पन्‍छ्याइराख्‍छौ। जस्‍तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्– ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’ तर तिमीहरूले भने यस्‍ता कुरा सिकाउँदा रहेछौ– कसैले आफ्‍नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्‍वरलाई नै चढाइसकें’ भन्‍यो भने त्‍यसले चाहिँ आफ्‍ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्‍यसलाई रोक्‍छौ! यसरी तिमीहरू आफ्‍ना रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ अनि त्‍यस्‍ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।”

मर्कूस 7 पढ्नुहोस्