जसको कान छ, त्यसले सुनोस्!” अनि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “सुनेका कुरामा ध्यान देओ! जुन पाथीले अरूलाई भरेर दिन्छौ, त्यही पाथीले तिमीलाई पनि भरेर दिइनेछ। अझ धेरै पनि दिइनेछ किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ।” येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्य एउटा मान्छेले आफ्नो बारीमा बीउ छरेकोजस्तो हुन्छ। ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन। माटो आफैंले बिरुवाहरू उमार्छ र फल फल्ने बनाउँछ। पहिले कलिलो टुसा निस्कन्छ, बढ्छ अनि बाला लाग्छ। बाली पाकेपछि भने त्यसले हँसिया लगाएर बाली काट्न थाल्छ किनभने फसल उठाउने बेला भइसकेको हुन्छ। “फेरि परमेश्वरको राज्य अरू केसँग दाँजौं? कुन दृष्टान्त भनेर यसबारे बुझाऊँ? यो यस्तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्छेले त्यो बीउ बारीमा रोप्छ। त्यो केही दिनमै बढेर सागपातहरूमा सबैभन्दा ठूलो बोट हुन्छ। यसले ठूला-ठूला हाँगाहरू फैलाउँछ र चरा-चुरुङ्गी आएर यसको हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।”
मर्कूस 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:23-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू