YouVersion लोगो
खोज आइकन

मर्कूस 2:23-28

मर्कूस 2:23-28 सरल नेपाली

पवित्र विश्रामको दिन येशू गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्‍थ्‍यो। जाँदैगर्दा उहाँका चेलाहरूले गहुँका बाला टिप्‍न लागे। यो देखेर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले येशूलाई भने, “हेर्नुहोस् त! विश्राम दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तपाईंका चेलाहरूले किन गर्दै छन्?” येशूले जवाफ दिएर भन्‍नुभयो, “दाऊद राजा र उनका साथीहरू हातमा केही नभएर भोकाएको बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ? अबियाथार प्रधान पूजाहारी हुँदा भवनमा पसेर दाऊदले परमेश्‍वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्‍यो रोटी खानुहुँदैनथ्‍यो। तर दाऊदले त आफैंले मात्र नखाएर आफ्‍ना साथीभाइहरूलाई पनि खान दिए,।” येशूले कुरा टुङ्ग्याउँदै भन्‍नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो। त्‍यसैले म मानव पुत्र पवित्र विश्राम दिनको पनि मालिक हुँ।”

मर्कूस 2 पढ्नुहोस्