“ ‘स्वास्नी त्याग्नेले त्यागपत्र लेखेर त्यागोस्’ भनिएको छ। तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ। “उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्वरको सिंहासन हो। पृथ्वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त परमेश्वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त स्वर्गमा हुनुहुने महाराजाको सहर हो। आफ्नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्दैनौ। जे कुरा भन्नु छ, हो भने हो, होइन भने होइन भन। त्योभन्दा बढी भन्नुचाहिँ दुष्टका कुरा हुन्। “ ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ भनेको तिमीहरूलाई थाहा छ। तर म भन्छु, तिमीहरूले कसैसँग बदला नलिनू। यदि कसैले तिम्रो दाहिने गालामा हिर्काउँछ भने देब्रे गाला पनि थापिदेओ। कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्छ भने उसलाई तिम्रो कोट पनि देओ। तिमीलाई जबरजस्तीसँग आधा कोस लान खोज्नेसँग एक कोससम्मै गइदेओ अनि तिमीसँग माग्नेलाई देओ र ऋण माग्नेलाई पनि ऋण देओ। “ ‘छिमेकीलाई प्रेम गर, शत्रुलाई चाहिँ घृणा गर’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। सो गर्यौ भने तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्वरले पनि दुष्ट र असल दुवैलाई घाम लगाइदिनुहुन्छ अनि पापी र धर्मात्मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्छ। आफूलाई माया गर्नेलाई मात्रै माया गर्छौ भने तिमीहरूले के इनाम पाउन सक्छौ र? त्यस्तो माया त कर उठाउनेहरूले पनि गर्छन् नि! तिमीहरू खालि आफ्नाहरूलाई मात्रै स्वागत-सत्कार गर्छौ भने अरूभन्दा कुन ठूलो काम गरेका हुन्छौ र? परमेश्वरलाई नचिन्नेहरूले पनि त त्यस्तो काम गर्छन्! स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिता सबै कुरामा ठीक हुनुभएजस्तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।”
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:31-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू