मत्ती 4:8-10

मत्ती 4:8-10 सरल नेपाली

फेरि शैतानले येशूलाई एउटा अग्‍लो पहाडमा लग्‍यो र संसारका सबै राज्‍य र तिनीहरूको चमक देखाउँदै भन्‍यो, “मलाई ढोग्‍नुभयो भने यी सबै राज्‍यहरू तपाईंलाई दिनेछु।” येशूले भन्‍नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्‍त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्‌’।”

मत्ती 4 पढ्नुहोस्