YouVersion लोगो
खोज आइकन

मत्ती 16:13-17

मत्ती 16:13-17 सरल नेपाली

येशू कैसरिया-फिलिप्‍पीको इलाकामा पुग्‍नुभयो। त्‍यहाँ उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म मानव पुत्रलाई को हो भन्‍छन्?” चेलाहरूले भने, “कतिले तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन्, कतिले एलिया हो भन्‍छन्, अनि कतिले चाहिँ यर्मिया वा कुनै अरू अगमवक्ता होलान् भन्‍छन्।” येशूले भन्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्‍वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ।” येशूले भन्‍नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्‍य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो।

मत्ती 16 पढ्नुहोस्