YouVersion लोगो
खोज आइकन

मत्ती 13:18-23

मत्ती 13:18-23 सरल नेपाली

“अब बिउ छरेको दृष्‍टान्‍तको अर्थ सुन। कति मानिसहरूले परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन् अनि दुष्‍ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्‍छ। यो त बाटोमा परेको बिउजस्‍तो भयो। अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्‍वरका शिक्षा सुन्‍नासाथ खुसी भएर मनमा लिन्‍छन्। तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्‍छ। परमेश्‍वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्‍छन्। फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्‍तै हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर पनि यस संसारको चिन्‍ता गर्छन् र धन-सम्‍पत्तिको मायामा फस्‍छन्। त्‍यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैन। तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्‍तै हुन्‍छ। तिनीहरूले भने परमेश्‍वरको शिक्षा सुनेर बुझ्‍छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”

मत्ती 13 पढ्नुहोस्