YouVersion लोगो
खोज आइकन

मत्ती 11:1-7

मत्ती 11:1-7 सरल नेपाली

आफ्‍ना बाह्र जना चेलाहरूलाई यी कुरा भनिसकेपछि येशू नजिकैका गाउँहरूमा मानिसहरूलाई शिक्षा दिन र प्रचार गर्न जानुभयो। बप्‍तिस्‍मा दिने यूहन्‍नाले झ्‍यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्‍ना केही चेलाहरूलाई येशूकहाँ सोध्‍न पठाए। तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले जेजे देख्‍दै छौ र सुन्‍दै छौ, गएर त्‍यही कुरा नै यूहन्‍नालाई भनिदेओ– अन्‍धाहरूले देख्‍दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्‍टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्‍दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्‍न पाउँदै छन्। मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्‍चै धन्‍यको हो।” यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्‍नाको बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिरहेको निगालोलाई?

मत्ती 11 पढ्नुहोस्