अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम, आरामका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा नहशोन, नहशोनका छोरा सल्मोन, सल्मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै र यिशैका छोरा राजा दाऊद थिए।
दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्वास्नी थिइन्। सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा, आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्जियाह, उज्जियाहका छोरा योताम, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे, मनश्शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए। बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्मे।
बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्मे, शालतिएलका छोरा यरुबाबेल, यरुबाबेलका छोरा अबिउद, अबिउदका छोरा एल्याकीम, एल्याकीमका छोरा आजोर, आजोरका छोरा सादोक, सादोकका छोरा आखिम, आखिमका छोरा एलिउद, एलिउदका छोरा एलाजार, एलाजारका छोरा मत्तान, मत्तानका छोरा याकूब, र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्टकी आमा मरियमका लोग्ने थिए। यिनै मरियमले ख्रीष्ट भनिने येशूलाई जन्माइन्।
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता हुन्छ अनि दाऊददेखि इस्राएलीहरू बेबिलोनमा लगिएको बेलासम्म चौध पुस्ता नै हुन्छ। अनि त्यस समयदेखि ख्रीष्ट जन्मिने समयसम्म फेरि चौध पुस्ता नै हुन आउँछ।