येशूले तालको किनारमा दुईटा नाउ देख्नुभयो। जालहारीहरू नाउ छोडेर जाल धुन लागेका थिए। एउटा नाउचाहिँ सिमोनको थियो। येशूले त्यही नाउमा चढेर सिमोनलाई ‘नाउ किनारबाट अलिक पर लैजाऊ’ भन्नुभयो र बसेर मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो। शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!” यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्नुभएको हुनाले म जाल हानिदिन्छु।” जाल हान्दा त यति धेरै माछा परे कि तिनीहरूको जालै फाट्न लाग्यो अनि तिनीहरूले अर्को नाउमा भएका साथीहरूसँग गुहार मागे। तिनीहरू आएर माछा निकाल्न लागे। निकाल्दा-निकाल्दै दुईटै नाउमा माछा यति धेरै भयो कि नाउ नै डुब्न लाग्यो। यो देखेर सिमोन पत्रुसले येशूको पाउमा परेर भने, “हे प्रभु, म पापी छु, मबाट पर बस्नुहोस्!” किनभने यति धेरै माछा परेकोमा सिमोन र तिनका साथीहरू छक्क परे र सिमोनसँगै मिलेर काम गर्ने जब्दियाका छोराहरू याकूब र यूहन्नालाई पनि साह्रै अचम्म लागेको थियो। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्याउने हुनेछौ।” यो सुनेर तिनीहरूले नाउ किनारामा तानेर ल्याए अनि सबै कुरा छोडेर येशूको पछि लागे।
लूका 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 5:2-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू