येशूले आफ्नो काम सुरु गर्नुहुँदा उहाँको उमेर तीस वर्ष जति भएको थियो। मानिसहरूले योसेफलाई नै उहाँका पिता भनी ठान्थे। योसेफका पिता एली थिए, एलीका पिता मत्तात, मत्तातका लेवी, लेवीका मल्की, मल्कीका यान्ना, यान्नाका योसेफ, यसरी नै योसेफका पिता मत्ताथियास, मत्ताथियासका आमोस, आमोसका नहूम, नहूमका इसली, इसलीका नग्गै। नग्गैका माथ, माथका मत्ताथियास, मत्ताथियासका सेमैन, सेमैनका योसेख अनि योसेखका पिता योदा थिए। योदाका पिता योआनन र योआननका रेसा, रेसाका यरुबाबेल, यरुबाबेलका शालतिएल र शालतिएलका नेरी, नेरीका पिता मल्की, मल्कीका अद्दी, अद्दीका कोसाम, कोसामका एलमादम, एलमादमका एर्, एर्का पिता यहशू, यहशूका एलीएजर र एलीएजरका योरीम, योरीमका मत्तात, मत्तातका लेवी, लेवीका शिमियोन, शिमियोनका यहूदा र यहूदाका योसेफ, योसेफका योनान, योनानका एल्याकीम थिए।
एल्याकीमका पिता मलेआ र मलेआका पिता मिन्ना थिए। मिन्नाका मत्ताथा, मत्ताथाका नातान, नातानका दाऊद, दाऊदका यिशै, यिशैका ओबेद, ओबेदका बोअज, बोअजका सल्मोन, सल्मोनका नहशोन, नहशोनका अम्मीनादाब, अम्मीनादाबका पिता आराम थिए।
आरामका पिता हेस्रोन, हेस्रोनका फारेस, फारेसका यहूदा, यहूदाका याकूब, याकूबका इसहाक, इसहाकका अब्राहाम, अब्राहामका तेरह र तेरहका नाहोर थिए। नाहोरका पिता सरूग, सरूगका रऊ, रऊका पेलेग र पेलेगका एबेर, एबेरका शेलह, शेलहका केनान, केनानका अर्पक्षद र अर्पक्षदका शेम, शेमका नोआ र नोआका लेमेख, लेमेखका मतूशेलह, मतूशेलहका हनोक, हनोकका येरेद र येरेदका महलालेल, महलालेलका केनान, केनानका एनोश, एनोशका शेत र शेतका पिता आदम थिए अनि आदमका पिता परमेश्वर हुनुहुन्थ्यो।