अनि ती दुई चेलाले बाटोमा घटेको घटना र येशूले रोटी भाँचेर दिनुहुँदा कसरी उहाँलाई चिनेको कुरा अरू चेलाहरूलाई सुनाए। यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्नुभयो र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्तो शङ्का गर्छौं? मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्नेछौ। आफ्नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” यसो भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो। तिनीहरू यति धेरै खुसी र आश्चर्यचकित भए कि तिनीहरूले पत्याउनै सकेनन्। त्यसो हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित केही खानेकुरा छ कि?” तिनीहरूले उहाँलाई पकाएको माछा दिए। उहाँले त्यो माछा लिएर तिनीहरूकै सामु खाइदिनुभयो र भन्नुभयो, “मैले तिमीहरूसँग हुँदा भनेका कुराहरू अब पूरा हुन आएका छन्। ‘मेरो बारेमा मोशाको व्यवस्था, अगमवक्ताका पुस्तकहरू र भजनसंग्रहमा लेखिएका सबै कुरा पूरा हुनुपर्दछ’ भनेर मैले तिमीहरूलाई भनेको थिएँ!” त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्त्रमा लेखिएका कुराहरू बुझ्ने शक्ति दिनुभयो र भन्नुभयो, “धर्मशास्त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्टको नाममा आफ्नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्छ भन्ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ। तिमीहरू नै यी सबै कुराका साक्षी हौ। तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्यो शक्तिले नभरिएसम्म यही सहरमा नै पर्खेर बसिरहो।” त्यसपछि येशूले चेलाहरूलाई सहरबाट बेथानिया गाउँतिर लैजानुभयो, त्यहाँ पुगेर उहाँले आफ्ना हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो। आशीर्वाद दिइरहँदा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। तिनीहरूले उहाँलाई दण्डवत् गरे अनि अति खुसी हुँदै यरूशलेम सहरतिर फर्के। तिनीहरू सधैँ मन्दिरमा भेला हुन्थे र परमेश्वरलाई स्तुति चढाउँथे।
लूका 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:35-53
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू