YouVersion लोगो
खोज आइकन

लूका 14:25-35

लूका 14:25-35 सरल नेपाली

एक दिन मानिसहरूको ठूलो हुल येशूसँग जाँदै थियो। येशूले तिनीहरूतिर फर्केर भन्‍नुभयो, “मेरो पछि लाग्‍न चाहनेले आफ्‍ना आमा-बुबा, जहान, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी र आफैंलाई भन्दा बढी मलाई प्रेम गर्नुपर्छ नत्र ऊ मेरो चेला हुन सक्‍दैन। आफ्‍नो क्रूस बोकेर मेरो पछि नलाग्‍नेचाहिँ मेरो चेला हुन सक्‍दैन। “यदि कसैले धरहरा बनाउन चाहन्‍छ भने पैसाले पुग्‍छ कि पुग्‍दैन, कति खर्च लाग्‍छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र? यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्‍ला गर्दै भन्‍नेछन्, ‘यो मान्‍छेले बनाउन त थाल्‍यो, तर पूरा गर्नै सकेन!’ फेरि, कुनै राजाले अर्को राजासँग लडाइँ गर्न जाँदा ‘दश हजार सेना लिएर म बीस हजार सेना हुनेसँग लड्‍न सक्‍छु कि सक्‍दिनँ’ भनेर पहिले नै बसेर सोच्‍छन्! लड्‍न नसक्‍ने भए पहिले नै तिनले आफ्‍ना दूतहरूलाई के गरी मेलमिलाप हुन सक्‍छ भनी बुझ्‍न पठाउनेछन्। त्‍यसरी नै तिमीहरूमध्‍ये जसले मेरो लागि सबै कुरा त्‍याग्‍दैन, ऊ मेरो चेला हुन सक्‍दैन। “नुन असल चीज हो, तर नुनको स्‍वाद गयो भने त्‍यो फेरि केले नुनिलो पार्ने? त्‍यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्‍छ। मानिसले त्‍यसलाई फ्‍याँकिदिन्‍छन्। जसको कान छ, त्‍यसले सुनोस्।”

लूका 14 पढ्नुहोस्