एक जना धर्म-गुरुले आएर येशूलाई फसाउने युक्ति गर्दै भने, “हे गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई जवाफ दिनुभयो, “यसको बारेमा व्यवस्थाले के भन्छ? त्यसमा तिमीले के पढेका छौ?” उनले भने, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ। त्यसै गर अनि तिमी बाँच्नेछौ।” तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्यसो भए मेरो छिमेकीचाहिँ को हो त?” येशूले उनलाई जवाफ दिनुभयो, “कुनै एक जना मानिस यरूशलेमबाट यरीहो सहरतिर ओर्लंदै थियो। बाटोमा त्यसलाई डाकुहरूले समातेर नाङ्गो पारेर पिटे र अधमरो बनाएर छाडिदिए। केही बेरपछि एक जना पूजाहारी त्यतैबाट भएर उँधो झरे। तर त्यस घाइते मान्छेलाई देखेर उनी पर-परैबाट गए। त्यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्यतैबाट आए। उनी पनि घाइते मान्छेलाई देखेर परैबाट तर्केर गए। एक जना सामरी पनि त्यतैबाट आए। त्यस घाइते मान्छेलाई देख्दा उनको हृदय दयाले भरिएर आयो
लूका 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 10:25-33
4 Days
In a world where so much division and tension exists, we’d all be better off if we learned to love others—even if it’s inconvenient or uncomfortable. In this 4-day plan, we’ll discuss who our neighbors are and how to love them.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू