YouVersion लोगो
खोज आइकन

लूका 1:11-20

लूका 1:11-20 सरल नेपाली

त्‍यति नै खेर जकरियाकहाँ प्रभु परमेश्‍वरका स्‍वर्गदूत देखा परे र धूप बाल्‍ने वेदीको दाहिनेपट्टि उभिए। स्‍वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए। तर स्‍वर्गदूतले उनलाई भने, “ए जकरिया, नडराऊ, परमेश्‍वरले तिम्रो बिन्‍ती सुन्‍नुभएको छ। तिम्री पत्‍नी एलीशिबाले एउटा छोरो जन्‍माउनेछिन्। तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नू। त्‍यस बेला तिमीलाई हर्ष र आनन्‍द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्‍ममा रमाउनेछन् किनभने तिनी प्रभु परमेश्‍वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्‍माले भरिनेछन्। तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्‍ना प्रभु परमेश्‍वरतिर फर्काउनेछन्। तिनले आत्‍मा र शक्तिमा एलियाजस्‍तै भई प्रभुको अघि आएर उहाँको बाटो तयार पार्नेछन्। तिनले बुबा र छोरा-छोरीहरूको बीचमा मेलमिलाप ल्‍याउनेछन् र अट्टेरीहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने मानिसको ज्ञानतिर डोर्‍याउनेछन्। यसरी तिनले प्रभुका जनलाई उहाँकै निम्‍ति तयार पार्नेछन्।” जकरियाले स्‍वर्गदूतलाई भने, “यो कुरा पक्‍का हुन्‍छ भनेर मैले कसरी पत्‍याउने? म त बुढो भइसकेको छु र मेरी जहान पनि बुढी भइसकेकी छिन्।” स्‍वर्गदूतले जवाफ दिए, “म परमेश्‍वरसँग रहने गब्रिएल हुँ। उहाँले नै मलाई तिमीसँग कुरा गर्न र यो सुसमाचार सुनाउन पठाउनुभएको हो। मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्‍वास नगरेकोले यो कुरा पूरा नहुञ्‍जेल तिमी बोल्‍न सक्‍नेछैनौ।”

लूका 1 पढ्नुहोस्