परमप्रभुले मोशालाई पवित्र-पालबाट बोलाउनुभयो र इस्राएलीहरूले बलिहरू चढाउँदा मान्नुपर्ने यी तलका नियमहरू तिनलाई दिनुभयो। जब कसैले पशुबलि चढाउँछ, तब गोरु वा भेडा वा बाख्राबाट त्यसले एउटा पशु चढाओस्। यदि कसैले आफ्ना गोरुको होमबलि चढाउँछ भने त्यसले एउटा निष्खोट साँढे ल्याओस्। त्यसले परमप्रभुको पवित्र पालको ढोकामा त्यो साँढे चढाओस् र परमप्रभुले त्यसलाई ग्रहण गर्नुहुनेछ। त्यस मानिसले साँढेको टाउकोमा हात राखोस् र त्यो त्यसको पाप काट्न बलि ग्रहण गरिनेछ। त्यसले साँढेलाई त्यहाँ मारोस् र हारून वंशका पूजाहारीले परमप्रभुलाई रगत चढाऊन् र पवित्र पालको ढोकामा भएको वेदीको चारैपट्टि छर्कून्। तब त्यसले साँढेको छाला काढोस् र त्यसलाई टुक्रा-टुक्रा पारोस् र पूजाहारीहरूले वेदीमा दाउराहरू मिलाएर राखून् र त्यसलाई आगो लाऊन्। तिनीहरूले ती पशुका टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखून्। त्यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोओस् र त्यहाँ सेवा गर्ने पूजाहारीले वेदीमाथि पूरा बलि डढाएर भस्म पारोस्। त्यहाँ होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। यदि त्यस मानिसले आफ्ना भेडा वा बाख्राबाट एउटा पशु चढाउँछ भने त्यो निष्खोट साँढे वा बोको हुनुपर्छ। त्यसले त्यस पशुलाई वेदीको उत्तरपट्टि मारोस् र पूजाहारीहरूले त्यसको रगत वेदीको चारैपट्टि छर्कून्। त्यस मानिसले त्यस पशुलाई टुक्रा-टुक्रा पारेर काटेपछि त्यहाँ सेवा गर्ने पूजाहारीले सबै टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखोस्। त्यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोओस् र पूजाहारीले परमप्रभुलाई बलि चढाओस् र पूरै वेदीमा डढाओस्। त्यस होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। कोही मानिसले पंक्षी-बलि चढाउँछ भने त्यो परेवा वा ढुकुर हुनुपर्छ।
लेवी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 1:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू