YouVersion लोगो
खोज आइकन

यहोशू 20

20
लेवीहरूका सहरहरू
1 # गन्ती 35:9-34; व्यवस्था 4:41-43; 19:1-13 तब परमप्रभुले यहोशूलाई 2यी कुरा इस्राएलका मानिसहरूलाई भन्‍न लगाउनुभयो, “मोशाद्वारा मैले तिमीहरूलाई भनेअनुसार शरणस्‍थलहरू छान। 3कोही मानिसलाई भुल वा अज्ञानमा मार्ने ज्‍यानमारा त्‍यहाँ भागेर गई त्‍योसित हत्‍याको निम्‍ति बद्ला लिन खोज्‍ने मानिसबाट बाँचेर बस्‍न सक्‍छ। 4ती सहरहरूमध्‍ये कुनै एउटामा त्‍यो ज्‍यानमारा भागेर गई, त्‍यस सहरको ढोकानिर भएको न्‍याय स्‍थलमा पुगी भएको त्‍यस दुर्घटनाबारे अगुवाहरूलाई बताउनुपर्छ। तब तिनीहरूले त्‍यसलाई सहरभित्र पस्‍न दिनेछन् र त्‍यहाँ बास गर्नलाई एउटा ठाउँ दिनेछन् र त्‍यो त्‍यहाँ बस्‍न सक्‍छ। 5त्‍यसलाई बदला लिई मार्न खोज्‍ने मानिस पछ्याएर त्‍यस सहरमा पुग्‍यो भने, त्‍यहाँका बासिन्‍दाहरूले त्‍यसका हातमा त्‍यो ज्‍यानमारालाई नसुम्पून नदेऊन्। तिनीहरूले त्‍यसको रक्षा गर्नुपर्नेछ किनभने त्‍यसले भुल वा अज्ञानमा मारेको हो, रिसमा होइन। 6जनसाधारणको अघि त्‍यसको फैसला नभएसम्‍म अनि त्‍यस बेलाको मुख्‍य पूजाहारी नमरेसम्‍म त्‍यो त्‍यस सहरमा बस्‍न पाउनेछ। त्‍यसपछि जुन सहरबाट त्‍यो भागेर आएको थियो, त्‍यही सहरमा फर्की जान सक्‍नेछ।”
7यसकारण यर्दनको पश्‍चिमपट्टि तिनीहरूले यी सहरहरू अलग गरे। नप्‍तालीको पहाडी इलाकामा गालीलको केदेश, एफ्राइमको पहाडी इलाकामा शकेम र यहूदाको पहाडी इलाकामा हेब्रोन। 8यर्दनको पूर्वपट्टि यरीहोको पूर्वमा भएको उजाड-स्‍थानको टारमा यी सहरहरू अलग गरे– रूबेनको इलाकामा बेसेर, गादको इलाकामा गिलादको रामोत र मनश्‍शेको इलाकामा बाशानको गोलान। 9इस्राएलका सबै मानिसहरू र त्‍यहाँ बास गर्ने विदेशीहरूका निम्‍ति यिनै शरणस्‍थलहरू छानिएका थिए। भुलले हत्‍या भएको खण्‍डमा त्‍यो ज्‍यानमाराले उसलाई बदला लिने मानिसबाट सुरक्षित भई ती ठाउँमा बास गर्न सक्‍थ्‍यो। त्‍यहाँ जनसाधारणको अघि पहिले त्‍यसको फैसला नभएसम्‍म त्‍यसलाई मार्न पाइँदैनथ्‍यो।

अहिले सेलेक्ट गरिएको:

यहोशू 20: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्