यहोशू 16
16
एफ्राइमको र पश्चिम मनश्शेको भागका जमिन
1योसेफका सन्तानले पाएका जमिनको सिमाना दक्षिणपट्टि यरीहोछेउ, त्यसका पानीका फोहोराहरू छेउनिर रहेको, यर्दनबाट सुरु भएर उजाड-स्थानसम्म जान्थ्यो। त्यो यरीहोबाट उकालो पहाडी देशमा बेथेलसम्म जान्थ्यो। 2बेथेलबाट लूज हुँदै त्यो अरकीहरू बसेका अतारोत-अद्दारसम्म पुग्थ्यो। 3त्यसपछि पश्चिमतिर यल्पेतीहरूका इलाकामा तल्लो बेथ-होरोनसम्म पुग्थ्यो। त्यहाँबाट गेजेरसम्म गएर त्यो भूमध्य सागरमा टुङ्गिन्थ्यो।
4योसेफका सन्तान एफ्राइम र पश्चिम मनश्शे कुलहरूले यो देश सम्पत्तिका रूपमा पाए।
एफ्राइमको भाग
5एफ्राइम परिवारहरूको इलाका यो हो– तिनीहरूको सिमाना अतारोत-अद्दारबाट पूर्वपट्टि माथिल्लो बेथ-होरोन भएर 6भूमध्य सागरसम्म जान्थ्यो। उत्तरमा मिक्मतात पर्थ्यो। त्यसको पूर्वपट्टि सिमाना तानत-शीलोतिर घुमी, त्यसलाई पार गरी यानोहको पूर्वतिर जान्थ्यो। 7त्यसपछि यानोहबाट त्यो ओह्रालो अतारोत र नारातिर झरेर यरीहो पुग्थ्यो र यर्दनमा टुङ्गिन्थ्यो। 8सिमाना तप्पूहबाट पश्चिमतर्फ कनाका खोल्सासम्म पुगेर भूमध्य सागरमा गई टुङ्गिन्थ्यो। एफ्राइम कुलका परिवारहरूलाई तिनीहरूको सम्पत्ति भनेर दिइएको देश यही हो 9साथै मनश्शेका सिमानाभित्र पर्ने कति वटा सहर र गाउँहरू पनि एफ्राइमीहरूलाई दिइएका थिए। 10#न्यायकर्ता 1:29तर गेजेरमा बास गर्ने कनानीहरूलाई तिनीहरूले धपाएनन् र आजसम्म कनानीहरू एफ्राइमीहरूसित बास गरिरहेका छन् तर तिनीहरूलाई कमाराकमारी भई काम गर्न कर लागेको छ।
अहिले सेलेक्ट गरिएको:
यहोशू 16: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.