योएल पुस्तक परिचय
पुस्तक परिचय
योएल अगमवक्ताबारे थोरै कुरा मात्र जानकारीमा आएको छ। तिनका जन्म र जीवनबारे केही कुरो स्पष्ट छैन। तर हुन सक्छ, येशू ख्रीष्ट जन्मनुभन्दा चौथो वा पाँचौँ शताब्दीअघि फारसी साम्राज्यकालका समयमा यो पुस्तक रचना भएको थियो। यहूदा देशमाथि सलहहरू जाईलागेको अनि खडेरी परेर त्यस देशलाई सखाप पारेको वर्णन योएलले गरेका छन्। योएलले परमप्रभुका आउँदा दिनबारे उहाँको धार्मिक इच्छाको विरोध गर्नेहरूलाई दण्ड दिनुहुने कुरोको विषयमा यी घटनाहरूद्वारा दर्शन पाउँछन्। परमप्रभुले मानिसहरूलाई पश्चात्तापको निम्ति दिनुभएको बोलावट र आफ्ना प्रजालाई फेरि पहिलेकै अवस्थामा पुर्याई आशीर्वाद दिनुहुने करारबारे तिनले मानिसहरूलाई बताउँछन्। परमेश्वरले आफ्नो पवित्र आत्मा उहाँका समस्त प्रजा, सारा पुरुष, स्त्री, युवा र बुढापाकाहरूमाथि दिनुहुनेछ भन्ने करारचाहिँ ध्यान दिनयोग्य छ।
संक्षिप्त विषय-सूची
सलहहरूको उत्पात १:१—२:१७
पुनर्स्थापनको करार २:१८-२७
परमप्रभुको दिन २:२८—३:२१
अहिले सेलेक्ट गरिएको:
योएल पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.