अय्यूब 8
8
बिल्दद भन्दछन्:
1-2के तपाईंले आफ्नो आँधीजस्तो भाषण सिध्याउनुभयो?
3परमेश्वरले कहिल्यै निसाफ उल्टा-पुल्टा गर्नुहुन्न।
जे उचित छ, त्यो गर्न उहाँ कहिल्यै चुक्नुहुन्न।
4तपाईंका छोरा-छोरीहरूले परमेश्वरको विरुद्धमा पाप गरेकै हुनुपर्छ,
यसकारण उहाँले तिनीहरूलाई उचित दण्ड दिनुभएको हो।
5तर अब तपाईं फर्केर सर्वशक्तिमान् परमेश्वरकहाँ उजुर चढाउनुहोस्।
6यदि तपाईं इमानदार र निर्दोष हुनुहुन्छ भने परमेश्वर उठ्नुहुनेछ
र तपाईंलाई मद्दत गर्नुहुनेछ
र तपाईंको घर फेरि बसालिदिनुहुनेछ।
7परमेश्वरले तपाईंलाई जे धन-सम्पत्ति दिनुहुनेछ,
त्यसको तुलनामा तपाईंले अघि गुमाएको धन केही पनि होइन।
8प्राचीन समयको ज्ञानको कुरालाई एक छिन हेर्नुहोस्,
हाम्रा पिता-पुर्खाले जानेका सत्यमाथि विचार गर्नुहोस्।
9हाम्रो जीवन छोटो छ, हामी केही पनि जान्दैनौं,
पृथ्वीमा हामी छायाजस्तै आउँछौं र बितिजान्छौं।
10तर प्राचीन कालका ज्ञानी मानिसहरूले तपाईंलाई सिकाऊन्,
तिनीहरूले के भन्दै छन्, सो सुन्नुहोस्।
11के सिमसार नभएको ठाउँमा नर्कट उम्रन्छ र?
के निगालो पानीबिना सप्रन्छ र?
12तिनीहरू काट्नै नहुने कलकलाउँदो हुँदा पनि
पानी सुकेपछि ओइलाइहाल्नेछन्।
13परमेश्वरलाई नमान्ने मानिसहरू ती काँस-नर्कटजस्तै हुन्छन्।
परमेश्वरलाई एक चोटि त्यागेपछि तिनीहरूको आशा पनि हराउँछ।
14तिनीहरू माकुराको जालजस्तो चुँडिजाने पातलो धागोमा भरोसा राख्दछन्,
15माकुराको जालमा अडेस लागेपछि तिनीहरू कहीँ थामिन्छन् र? त्यसको धागो समाती उभिन सक्छन् र?”
16दुष्ट मानिसहरू घाममा झार मौलाएझैँ देखा पर्छन्।
सारा बगैँचा ढाकेर फैलिएका झारझैँ ती हुन्छन्।
17तिनका जराहरू ढुङ्गामा बेरिएर
र चट्टानमा बलियोसित समातेर बसेका हुन्छन्।
18तर तिनलाई उखेल्नुहोस्, जरैदेखि उखेल्नुहोस्।
त्यसपछि कसैलाई तिनीहरूको यादसम्म रहनेछैन।
19अँ, दुष्ट मानिसहरूको आनन्द त्यति नै हो।
अरू मानिसहरूले तिनका ठाउँ ओगटिहाल्छन्।
20तर परमेश्वरले विश्वासयोग्य मानिसहरूलाई कहिल्यै त्याग्नुहुन्न
र दुष्ट मानिसहरूलाई कहिल्यै सहायता गर्नुहुन्न।
21उहाँले तपाईंको मुखमा हाँसो र ओठमा आनन्दको सोर भरिदिनुहुनेछ।
22तर तपाईंलाई घृणा गर्नेहरूमाथि उहाँले बदनाम ल्याउनुहुनेछ
र दुष्टहरूका घरहरू नष्ट हुनेछन्।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.