येशूलाई पक्रन पठाएका मन्दिरका सिपाहीहरू त्यसै फर्के। फरिसी र मुख्य पूजाहारीहरूले तिनीहरूलाई सोधे, “खै, तिमीहरूले येशूलाई किन पक्रेर ल्याएनौ?” सिपाहीहरूले भने, “उनका कुरा सुन्दा हामी त छक्क पर्यौं। हामीले त्यस्ता कुरा कहिल्यै सुनेका थिएनौं।” अगुवाहरूले भने, “तिमीहरूलाई समेत त्यसले छक्यायो कि क्या हो? के हाम्रा अगुवा र फरिसीहरूमध्ये कसैले त्यसलाई विश्वास गरेका छन् र? भीडमा भएका मानिसहरूले मोशाका व्यवस्था जान्दैनन्, तर तिनीहरूमाथि त परमेश्वरको सराप परिसकेको छ।” त्यहाँ भएका फरिसीहरूमध्ये येशूलाई राती भेट्न गएका निकोदेमसले भने, “के हाम्रो व्यवस्थाअनुसार दोष लगाएको मानिसको कुरा नसुनीकन र उसले गरेको कामको पत्ता नलगाई उसलाई दोषी ठहराउन मिल्छ र?” तर अरूहरूले भने, “तिमी पनि गालीली हौ कि क्या हो? धर्मशास्त्र राम्ररी पढ र तिमीले थाहा पाउनेछौ कि गालीलबाट कुनै अगमवक्ता आउँदैन।”
यूहन्ना 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 7:45-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू