त्यसै बीचमा चेलाहरूले येशूलाई खानेकुरा दिँदै, “गुरुज्यू, केही खानेकुरा खानुहोस्,” भनी बिन्ती गरे। तर येशूले भन्नुभयो, “मसँग तिमीहरूलाई थाहै नभएको खानेकुरा छ।” यो कुरा सुनेर चेलाहरूले आपसमा सोध्न लागे, “कसैले उहाँलाई खानेकुरा ल्याएर दियो कि कसो?” येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो खानेकुराचाहिँ मलाई पठाउनुहुनेको आज्ञापालन गर्नु र उहाँको काम पूरा गर्नु हो। तिमीहरू भन्छौ ‘बाली पाक्न अझै चार महिना लाग्छ’ तर म भन्छु, खेत नियालेर हेर, बाली पाकिसकेको छ र काट्ने बेला आइसकेको छ। बाली काट्नेले ज्याला पाउँछ र उसले अनन्त जीवनको लागि अन्न जम्मा गर्दछ अनि छर्ने र काट्ने दुवै सँगसँगै रमाउँछन्। यहाँनेर ‘एक जनाले बाली लाउँछ र अर्कोले काट्छ’ भन्ने उखान ठ्याक्कै मिल्छ। मैले तिमीहरूलाई तिमीहरूले खेती नगरेको ठाउँमा बाली उठाउन पठाएको छु। अरूहरूले त्यहाँ खेती गरे र उनीहरूले गरेको खेतीबाट तिमीहरूलाई फाइदा भएको छ।”
यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 4:31-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू