येशूले जवाफ दिनुभयो, “परमेश्वरको दान र तिमीसँग अहिले पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले पो उसित माग्नेथियौ अनि उसले तिमीलाई जीवित पानी दिनेथियो।” सामरी स्त्रीले भनिन्, “हजुर, तपाईंसित पानी भर्ने भाँडो पनि छैन, इनार पनि निकै गहिरो छ, तब कहाँबाट तपाईंले जीवित पानी ल्याउनुहुन्छ? यो इनार त हाम्रा पुर्खा याकूबले बनाउनुभएको हो। उहाँका छोरा-छोरी र भेडा-बाख्राहरू यही इनारको पानी पिउने गर्दथे। तपाईं हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्छ र?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने फेरि तिर्खाउँछ। तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्मरी जीवन दिनेछ।”
यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 4:10-14
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू