त्यही आइतबारको दिन बेलुकी चेलाहरू यहूदी अगुवाहरूको डरले ढोका थुनेर बसिरहेका थिए। त्यति नै बेला येशू अचानक आएर तिनीहरूका बीचमा उभिएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” अनि येशूले आफ्नो हात र कोखा देखाउनुभयो। प्रभुलाई देख्दा ती चेलाहरू खुसी भए। येशूले फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! जसरी मलाई मेरा पिताले पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुक्नुभयो र भन्नुभयो, “अब पवित्र आत्मा लेओ। जसको पाप तिमीहरूले क्षमा गरिदिन्छौ, त्यसको पाप क्षमा भएर मेटिनेछ, तर जसको पाप तिमीहरूले क्षमा गरिदिँदैनौ, तिनीहरूले क्षमा पाउँदैनन्।” येशू चेलाहरूका बीचमा आउनुहुँदा जुम्ल्याहा भनिने थोमाचाहिँ त्यहाँ थिएनन्। अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्म म आफैंले उहाँका हातमा काँटीको डोब देख्तिनँ र आफ्नै औँलाले त्यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्दिनँ, तबसम्म म विश्वासै गर्दिनँ!” एक हप्तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” थोमालाई आफ्नो हात देखाएर भन्नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्वास गर।” त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्वर!” भन्दै येशूको पाउमा परे अनि येशूले भन्नुभयो, “थोमा, तिमीले त मलाई देखेर विश्वास गरेका छौ, तर नदेखी विश्वास गर्नेहरू कति धन्यका हुन्।”
यूहन्ना 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:19-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू