YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:38-44

यूहन्‍ना 11:38-44 सरल नेपाली

येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्‍यो एउटा गुफा थियो र त्‍यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो। “येशूले भन्‍नुभयो, त्‍यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्‍म त गनाइसक्‍यो होला।” येशूले तिनलाई भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महान् शक्ति देख्‍नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्‍वर्गतिर हेरेर भन्‍नुभयो, “धन्‍यवाद छ पिता, तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्‍छ, त्‍यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्‍ने कुरा यहाँ भएका मानिसहरूले विश्‍वास गरून् भनेर म तपाईंलाई यो बिन्‍ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।” तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्‍मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्‍नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”

यूहन्‍ना 11 पढ्नुहोस्