न्यायकर्ता पुस्तक परिचय
पुस्तक परिचय
न्यायकर्ताहरूको पुस्तकमा कनान देशमा धावा गरेको समयदेखि त्यहाँ राजकीय शासन सुरु नभएसम्म चलेको ऐन-कानुन नभएको समयको कथा पाइन्छ। ती कथाहरू तिनका जातीय वीर-पुरुषहरूको बारेमा छन्, जसलाई न्यायकर्ता भनिन्थ्यो। सामान्य अर्थमा भन्दा बढी तिनीहरू धेरैजसो सामयिक सैनिक नेता थिए। तीमध्ये प्रख्यात एक जना शिमशोन नाम गरिएका थिए, जसका वीरताका कामबारे १३–१६ अध्यायमा लेखिएको छ।
यस पुस्तकको महान् पाठ यो हो कि इस्राएलीहरूको बचाउ, तिनीहरूको जीवन परमेश्वरप्रति भक्तिमाथि निर्भर गर्दथ्यो अनि भक्तिहीनता हुँदा सधैँ तिनीहरूलाई विपत्ति आइपर्दथ्यो। तर त्यसभन्दा बढी कुरा यो थियो कि जब इस्राएल जाति परमेश्वरप्रति भक्तिहीन बन्दथ्यो र विपत्ति आउँदथ्यो अनि जब तिनीहरू पश्चात्ताप गरी फेरि उहाँतिर फर्कंदथे, तब आफ्ना प्रजालाई बचाउन उहाँ सधैँ तयार हुनुहुन्थ्यो।
संक्षिप्त विषय-सूची
यहोशूको मृत्युसम्मका घटनाहरू १:१—२:१०
इस्राएलका न्यायकर्ताहरू २:११—१६:३१
अरू विभिन्न घटनाहरू १७:१—२१:२५
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.