YouVersion लोगो
खोज आइकन

न्यायकर्ता 17

17
मीकाका मूर्तिहरू
1एकपल्‍ट एक जना मीका नाम गरेको मानिस एफ्राइमको पहाडी देशमा बस्‍थ्‍यो। 2उसले आफ्‍नी आमालाई भन्‍यो, “जब तिम्रा एघार सय चाँदीका सिक्‍का चोरी भएको थियो, तिमीले चोरलाई सराप दियौ। तिमीले सरापेको मैले सुनें। हेर, सो रुपियाँ मसँग छ। त्‍यो चोर म नै थिएँ।”
उसकी आमाले भनी, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्!” 3उसले आमालाई चाँदीका टुक्रा फर्काइदियो। आमाले भनिन्, “मेरो सराप मेरो छोरामा नपरोस् भनेर सम्‍पूर्ण चाँदी म परमप्रभुलाई अर्पण गर्छु। चाँदीले मोहोरेको एउटा काठको मूर्ति बनाउनलाई चाँदी प्रयोग गर्नुपर्छ। यसकारण चाँदीका सिक्‍का म तँलाई फर्काइदिनेछु।” 4तब उसले आफ्‍नी आमालाई ती चाँदी फर्काइदियो। आमाले दुई सय चाँदीका सिक्‍का एक जना शिल्‍पकारलाई दिइन्। शिल्‍पकारले काठ खोपेर एउटा मूर्ति बनायो र त्‍यसलाई चाँदीले मोहोर्‍यो। तिनीहरूले मूर्तिलाई मीकाको घरमा राखे।
5यो मीका भन्‍ने मानिसको आफ्‍नै पूजा गर्ने ठाउँ थियो। केही मूर्तिहरू र एउटा एपोद उसले बनायो र आफ्‍नो एक जना छोरालाई पूजाहारी हुन खटायो। 6#न्यायकर्ता 21:25त्‍यस बेला इस्राएलमा राजा थिएनन्। जसलाई जे मन पर्थ्‍यो, उसले त्‍यसै गर्थ्‍यो।
7त्‍यस बेला यहूदाको बेथलेहेम सहरमा एक जना युवा लेवी बस्‍नेगर्थ्‍यो। 8ऊ बेथलेहेम छोडेर अर्को बस्‍ने ठाउँ खोज्‍नलाई हिँड्यो। त्‍यसरी हिँड्दा-हिँड्दा एफ्राइमको डाँडामा मीकाको घरमा ऊ आइपुग्‍यो। 9मीकाले सोध्‍यो, “तिमी कहाँबाट आयौ?”
उसले उत्तर दियो, “म यहूदाको बेथलेहेममा बस्‍ने एक जना लेवी हुँ। म एउटा बस्‍ने ठाउँ खोज्‍दै छु।”
10मीकाले भन्‍यो, “मसँग बस। मेरा सल्‍लाहकार र पूजाहारी होऊ। वर्षमा म तिमीलाई दश टुक्रा चाँदी, खानपान र केही लाउने लुगा दिनेछु।” 11त्‍यो लेवी मीकासँग बस्‍न राजी भयो र उसको छोरासरह भयो। 12मीकाले उसलाई पूजाहारी काममा खटायो र ऊ मीकाको घरमा बस्‍न लाग्‍यो। 13मीकाले भन्‍यो, “अब मसँग एक जना लेवी पूजाहारी छन् र परमप्रभुले सबै थोक मेरा भलाइको निम्‍ति गराउनुहुनेछ।”

अहिले सेलेक्ट गरिएको:

न्यायकर्ता 17: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्