YouVersion लोगो
खोज आइकन

याकूब 1:19-21

याकूब 1:19-21 सरल नेपाली

मेरा प्‍यारा भाइहरू, यो कुरा तिमीहरू सम्‍झिराख। सुन्‍नमा चनाखो, बोल्‍नमा होशियार र कम रिसाउने होओ किनभने मानिसको रिसले परमेश्‍वरको मनपर्ने काममा बाधा दिन्‍छ। यसकारण सबै यस्‍ता नराम्रा स्‍वभाव र घिनलाग्‍दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्‍वरका वचनलाई आफ्‍नो पार किनभने तिमीहरूलाई जोगाउने त त्‍यसैले हो।

याकूब 1 पढ्नुहोस्