उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुको दर्शन पाएँ। उहाँ सर्वोच्च सिंहासनमा विराजमान् हुनुहुन्थ्यो र उहाँको वस्त्रले सारा मन्दिर ढाकिएको थियो। उहाँका मास्तिर आगोको ज्वालाझैँ चहकिला स्वर्गदूतहरू थिए र तिनीहरू प्रत्येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्नो मुख, दुईटा पखेटाले आफ्नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे। तिनीहरू आपसमा यसो भन्दै पुकार्दै थिए: “पवित्र, पवित्र, पवित्र! सर्वशक्तिमान् परमप्रभु पवित्र हुनुहुन्छ! उहाँको महिमाले सारा संसार भरिपूर्ण छ।” तिनीहरूको सोरले मन्दिरका सँघारहरू हल्लँदै थिए र मन्दिरचाहिँ धुवाँले भरिएको थियो। मैले भनें, “हाय! म नाश हुनेछु। म नाश हुनेछु किनभने मेरा ओठबाट निस्केको हरेक शब्द पापमय छ र म अपवित्र ओठ भएका मानिसहरूका बीचमा बास गर्दछु। तर पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई मैले आफ्ना आँखाले देखेको छु!” तब आगोको ज्वालाझैँ चहकिलो एउटा स्वर्गदूत वेदीबाट आगोको भुङ्ग्रो चिम्टाले च्यापेर मकहाँ उडेर आए।
यशैया 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 6:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू