यशैया 55
55
परमेश्वरको कृपा
1 #
प्रकाश 21:6; 22:17 परमप्रभु भन्नुहुन्छ,
“हे तिर्खाएकाहरू हो,
यहाँ आओ, यहाँ पानी छ!
हे रकम-पैसा नभएकाहरू हो,
अन्न किनेर खाओ!
आएर सित्तैंमा दाखमद्य र दूध किन!
2जे कुराले सन्तोष दिँदैन, त्यसमा किन पैसा खर्च गर्छौ?
किन तिमीहरू परिश्रम गरेर अझ भोकै बस्छौ?
मेरो कुरामा कान थाप
र मैले भनेझैँ गर
र तिमीहरूले सबैभन्दा असल भोजनको स्वाद लिन पाउनेछौ।
3 #
प्रेरित 13:34
“हे मानिसहरू हो, मेरो कुरा सुन र मकहाँ आओ र सुन तिमीहरूले जीवन पाउनेछौ!
म तिमीहरूसित एउटा अनन्त करार बाँध्नेछु।
मैले दाऊदलाई प्रतिज्ञा गरेका आशिष्हरू तिमीहरूलाई दिनेछु।
4मैले त्यसलाई जातिहरूका बीच एउटा अगुवा र सेनापति बनाएँ
र त्यसद्वारा आफ्नो शक्ति तिनीहरूलाई देखाएँ।
5अब तिमीहरूले विदेशी जातिहरूलाई बोलाउनेछौ,
तिनीहरूले एक समय तिमीहरूलाई चिन्दैनथे,
तर अब तिमीहरूसित मिल्न दगुरेर आउनेछन्!
म परमप्रभु, तिमीहरूका परमेश्वर,
इस्राएलका पवित्र परमेश्वरले यो गरेर नै छोड्नेछु,
म तिमीहरूलाई मान र गौरव दिनेछु।”
6जब परमप्रभु नजिक हुनुहुन्छ, उहाँतिर फर्क
र उहाँलाई बिन्ती गर।
7दुष्टहरूले आफ्नो बाटो छोडून्
र आफ्नो विचार त्यागून्।
तिनीहरू परमप्रभु हाम्रा परमेश्वरतिर फर्कून्,
उहाँ करुणामय हुनुहुन्छ
र प्रशस्त गरी क्षमा गर्नुहुन्छ।
8परमप्रभु भन्नुहुन्छ,
“मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्,
मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्।
9आकाश पृथ्वीभन्दा जति अग्लो छ,
त्यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्ला छन्।
10 #
२ कोरिन्थी 9:10
“मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ;
त्यसले जमिन नभिजाई फर्कंदैन
र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ।
11मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ,
मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ,
जुन काम गर्न म त्यसलाई पठाउनेछु,
ती पूरा गरिछोड्नेछ।
12“तिमीहरू आनन्दसाथ बेबिलोनबाट बिदा हुनेछौ,
शान्तिसित तिमीहरू सहरबाट बाहिर निकालिनेछौ।
डाँडा-पर्वतबाट गीतको गुन्जन? फुटाई निस्कनेछ
र सबै रूखहरू आनन्दले चिच्च्याउनेछन्।
13अहिले काँडा उम्रेका ठाउँमा सल्लाका रूखहरू उम्रनेछन्
र काँडाका सट्टामा बैंसका रूखहरू हुनेछन्।
त्यो कहिल्यै नमेटिने निशाना हुनेछ,
म परमप्रभुको कीर्तिको सम्झना गराउने सधैँभरिको एउटा चिनो हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
यशैया 55: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.