YouVersion लोगो
खोज आइकन

यशैया 53:7-12

यशैया 53:7-12 सरल नेपाली

“ऊसित रूखो व्‍यवहार गरियो तर त्‍यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्‍द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्‍नो मुख खोलेन। उसमाथि अत्‍याचार भयो र दण्‍ड दिई मार्न लगियो र उसका सन्‍तानबारे कसले बोल्‍ला? कारण उसलाई जीवितहरूको देशबाट हटाइयो, मेरा मानिसहरूका पापको लागि उसमाथि कुटाइ पर्‍यो दुष्‍टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्‍यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन। “तरै पनि उसलाई चोट दिनु र कष्‍ट सहन लाउनु परमप्रभुको इच्‍छा थियो। परमप्रभुले उसको जीवनलाई पाप काट्‍ने बलिदान बनाउनुभएको भए पनि उसले आफ्‍ना सन्‍तान देख्‍नेछ र परमेश्‍वरको योजना ऊद्वारा सफल हुनेछ। कष्‍टको जीवन भोगेपछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैको पापको दण्‍ड बोक्‍नेछ र उसले तिनीहरूलाई क्षमा गर्नेछ। यसैकारण म उसलाई एउटा इज्‍जतको स्‍थान दिनेछु र सामर्थीहरूसँग उसले जितेको माल बन्‍डा लाउनेछ। उसले राजी-खुसीका साथ आफ्‍नै प्राण दियो र दुष्‍टहरूका साथमा गनियो। उसले धेरै पापीहरूको सट्टामा आफ्‍नो प्राण दियो र तिनीहरूले क्षमा पाऊन् भनी बिन्‍ती गर्‍यो।”

यशैया 53 पढ्नुहोस्