YouVersion लोगो
खोज आइकन

हबकूक पुस्‍तक परिचय

पुस्‍तक परिचय
ख्रीष्‍ट जन्‍मनुभन्दा अघि सातौँ शताब्‍दीको अन्‍ततिर हबकूक अगमवक्ताले भविष्‍यवाणी गरेका हुन्। त्‍यस बेला बाबेलका हातमा राज्‍य-शक्ति थियो। त्‍यस निठुरी जातिका हिँसाका कामले गर्दा उनका मनमा बेचैनी थियो र उनले परमप्रभुलाई यस्‍तो प्रश्‍न गरे, “तिनीहरूले आफूभन्दा धर्मीहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्‍नुहुन्‍छ?” (१:१३)। म आफ्‍नै समयमा चाहिँदो कारवाइ गर्नेछु र त्‍यतिञ्‍जेल “धर्मीहरू परमेश्‍वरप्रति विश्‍वास गरेकाले बाँच्‍नेछन्,” भनी परमप्रभुले उत्तरमा भन्‍नुभयो (२:४)।
बाँकी खण्डमा अधर्मीहरू नाश हुने कुराबारे ईश्‍वरवाणी छ र अन्‍तमा एउटा भजन छ, जसमा तिनले परमेश्‍वरका महान्‌ता र उहाँप्रति आफ्‍नो अटल विश्‍वास प्रकट गर्छन्।
संक्षिप्‍त विषय-सूची
हबकूकको गुनासो र परमप्रभुको उत्तर १:१—२:४
अधर्मीको विनाश २:५-२०
हबकूकको प्रार्थना ३:१-१९

अहिले सेलेक्ट गरिएको:

हबकूक पुस्‍तक परिचय: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्