दुई वर्ष बितिसकेपछि मिश्रका राजाले एउटा सपना देखे। सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे। त्यसपछि अरू सातवटा गाईहरू निस्के; तिनीहरू दुब्ला र हाड-छाला मात्र भएका थिए। तिनीहरू आएर नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए र ती दुब्ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्यूँझे। तिनी फेरि निदाए र अर्को सपना देखे। त्यस सपनामा सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटमा पसाएका थिए। त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा परेका अन्नका बालाहरू पसाए र ती सेप्रा बालाहरूले अघिका सातवटा भरिला बालाहरूलाई निलिहाले। राजा ब्यूँझे र सपना पो देख्दै थिएँ भनी थाहा पाए। बिहान तिनलाई चिन्ता पर्यो र तिनले मिश्रभरिका सबै जादूगरहरू र विद्वान्हरूलाई बोलाए। तिनीहरूलाई राजाले आफ्ना सपना बताए तर कसैले सपनाको अर्थ लाउन सकेनन्। तब मद्य टक्र्याउने मानिसले राजालाई भन्यो, “मबाट एउटा भुल भएको छ, त्यो म आज तपाईंको अघि बिन्ती गर्छु। हजुरको म र मुख्य भान्सेमाथि रिसानी भएको थियो र हामीलाई पहरेदारको कप्तानको घरमा भएको झ्यालखानमा कैदमा राख्नुभएको थियो। एक रात हामी दुवैले एक-एक वटा सपना देख्यौं। सपनाको अर्थ भिन्ना-भिन्नै थियो। एउटा हिब्रू केटो हामीसित त्यहाँ थियो। त्यो पहरेदारहरूका कप्तानको कमारो थियो। हामीले त्यसलाई हाम्रा सपना बतायौं र त्यसले हामीलाई अर्थ खोलिदियो। सबै कुरा ठीक त्यसले भनेजस्तै भयो। तपाईंले मलाई आफ्नो काम दिनुभयो तर त्यस मानिसलाई हजुरले झुन्ड्याइदिनुभयो।” राजाले योसेफलाई बोलाउन पठाए र उनी तुरुन्तै झ्यालखानबाट झिकाइए र केश काटी, दाह्री खौरी, आफ्ना लुगा लगाई राजाको सामुन्ने हाजिर भए। राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्छौ भनेर मैले सुनेको छु।” योसेफले उत्तर दिए, “हजुर! मसँग त्यस्तो ज्ञान त छैन तर परमेश्वरले सपनाको मिल्ने अर्थ खोलिदिनुहुन्छ।”
उत्पत्ति 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू