एक रात योसेफले सपना देखे र त्यो सपना दाजुहरूलाई बताएपछि तिनीहरूले उनलाई अझै बढी घृणा गर्न लागे। उनले भने, “मेरो सपना सुन। हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्यसका चारैपट्टि उभिएर त्यसलाई ढोग्दै थिए।” “तँ राजा भएर हामीहरूमाथि राज गर्छु भनी सोच्दछस्?” तिनका दाजुहरूले सोधे। यसरी उनको सपना र उनले तिनीहरूबारे भनेका कुराहरूले गर्दा तिनीहरूले उनलाई अझ बढी घृणा गर्न लागे। योसेफले अर्को एउटा सपना देखे र दाजुहरूलाई भने, “मैले अर्को एउटा सपना देखें। सपनामा घाम, जून र एघार वटा ताराहरूले मलाई ढोगेको देखें।” उनले त्यो सपना बुबालाई पनि सुनाए। बुबाले उनलाई हकारे, “त्यो कस्तो खालको सपना हो? के तँ यो सोच्दछस् कि तेरा दाजुहरू, तेरी आमा र म आएर तँलाई ढोग्नेछौं?”
उत्पत्ति 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 37:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू