परमेश्वरले याकूबलाई भन्नुभयो, “झट्टै बेथेलमा गएर त्यहाँ बास गर्। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्वरलाई अथवा मलाई त्यहाँ एउटा वेदी बना।” याकूबले आफ्नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ। हामी यो ठाउँ छोडी बेथेलमा जान्छौं। त्यहाँ म परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछु। जुन परमेश्वरले कष्टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।” तिनीहरूले सम्पूर्ण विदेशी देवताहरू र आफ्ना कानमा लाएका कुण्डलहरू याकूबलाई दिए। उनले ती सबै शकेमको छेउमा फलाँटको रूखमुनि गाडे। याकूब र तिनका छोराहरू हिँड्न लाग्दा वरिपरिका सहरहरूका बासिन्दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्। याकूब आफ्ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्छ, आइपुगे। उनले त्यहाँ एउटा वेदी बनाए र त्यस ठाउँको नाम एल-बेथेल परमेश्वरको नामअनुसार राखे किनभने त्यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्वरले उनलाई दर्शन दिनुभएको थियो।
उत्पत्ति 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू