त्यो रूख हेर्नमा कति सुन्दर अनि त्यसका फल खानलाई कति रहरलाग्दा थिए, त्यो स्त्रीले देखिन्। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्। उनले केही फल टिपेर खाइन्, केही आफ्ना लोग्नेलाई दिइन् र उनले पनि त्यो खाए। त्यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्यसले आफ्ना शरीर ढाके। त्यही बेलुका तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। तर परमप्रभु परमेश्वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।”
उत्पत्ति 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 3:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू