YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 3:21-24

उत्‍पत्ति 3:21-24 सरल नेपाली

अनि परमप्रभु परमेश्‍वरले आदम र उनकी स्‍वास्‍नीका निम्‍ति पशुका छालाका वस्‍त्र बनाइदिनुभयो र तिनीहरूलाई पहिर्‍याइदिनुभयो। तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “अब मानिस हामीजस्‍तै भएको छ र उसले असल र खराबको ज्ञान पाएको छ। उसले जीवनको रूखको फल खाएर सधैँभरि बाँचिरहन पाउनुहुँदैन।” यसैले परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्‍यही माटोमा खेती गर्न लाउनुभयो। तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्‍वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्‍न नसकोस् भनी त्‍यसो गरिएको थियो।

उत्‍पत्ति 3 पढ्नुहोस्