YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 28:11-16

उत्‍पत्ति 28:11-16 सरल नेपाली

घाम अस्‍ताउँदा उनी एउटा पवित्र स्‍थानमा पुगेर त्‍यहाँ आफ्‍ना पाल टाँगे र त्‍यहाँ बास बसे। एउटा ढुङ्गाको सिरानी लाएर उनी त्‍यहाँ सुते। उनले एउटा सपना देखे। सपनामा उनले पृथ्‍वीदेखि स्‍वर्गसम्‍म पुगेको एउटा भर्‍याङ देखे। भर्‍याङमा स्‍वर्गदूतहरू उक्‍लँदै-ओर्लंदै गरिरहेका थिए। त्‍यहाँ उनको छेउमा परमप्रभु उभिरहनुभएको रहेछ। उहाँले भन्‍नुभयो, “म परमप्रभु अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ सुतिरहेको यो ठाउँ तँ र तेरा सन्‍तानलाई म दिनेछु। तिनीहरूका सङ्‍ख्‍या पृथ्‍वीमा भएका बालुवाका कणका सङ्‍ख्‍या जतिकै हुनेछन्। तिनीहरूले चारैतिर आफ्‍नो देश फैलाउनेछन्। तँ र तेरा वंशद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु। म तँसित रहनेछु, जहाँ गए पनि तँलाई म रक्षा गर्नेछु र यस देशमा म तँलाई फर्काइल्‍याउनेछु भनी याद राख्। तँसित प्रतिज्ञा गरेका सबै कुरा पूरा नभइञ्‍जेल म तँलाई छोड्‍नेछैनँ।” याकूब ब्‍यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्‍छ! उहाँ यस ठाउँमा हुनुहुन्‍छ तर मलाई थाहा थिएन।”

उत्‍पत्ति 28 पढ्नुहोस्