YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:1-5

उत्‍पत्ति 1:1-5 सरल नेपाली

सुरुमा जब परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो, पृथ्‍वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्‍धकार थियो। अनि पानीमाथि परमेश्‍वरका आत्‍मा घुमिरहनुहुन्‍थ्‍यो। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्‍यालो होस्,” अनि उज्‍यालो भयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। तब उहाँले उज्‍यालोलाई अँध्‍यारोबाट अलग पार्नुभयो र उज्‍यालोलाई ‘दिन’ र अँध्‍यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो– पहिलो दिन।

उत्‍पत्ति 1 पढ्नुहोस्