YouVersion लोगो
खोज आइकन

एज्रा 5

5
1 # हाग्‍गै 1:1; जकरिया 1:1 त्‍यस समयमा दुई जना अगमवक्ताहरू हाग्‍गै र इद्दोको छोरो जकरिया इस्राएलका परमेश्‍वरको नाममा यहूदा र यरूशलेममा बास गर्ने यहूदीहरूसित बोल्‍न लागे। 2#हाग्‍गै 1:12; जकरिया 4:6-9जब शालतिएलको छोरो यरुबाबेल र योसादाकको छोरो येशूअले खबर सुने, तब तिनीहरूले यरूशलेममा फेरि मन्‍दिर बनाउन सुरु गरे र ती दुई अगमवक्ताहरूले तिनीहरूलाई सघाए।
3प्राय: उत्तिखेरै पश्‍चिम-यूफ्रेटिसका बडा-हाकिम तत्तनै, शत्तर-बोज्‍नै र तिनका सङ्गीहरू यरूशलेममा आए र सोधे, “कसले तिमीहरूलाई यो मन्‍दिर बनाउने र यसका सामानहरू जुटाउने आज्ञा दियो?” 4मन्‍दिर बनाउन सघाउने सबै मानिसहरूको नाम पनि तिनीहरूले मागे। 5तर परमेश्‍वरले यहूदी अगुवाहरूमाथि कृपा-दृष्‍टि राख्‍नुभएको थियो र फारसी भारदारहरूले दारा राजालाई प्रतिवेदन लेखी उनको जवाफ नपाएसम्‍म केही नगर्ने निर्णय गरे। 6तिनीहरूले राजालाई पठाएको प्रतिवेदन यस प्रकारको छ:
7“महाराजा दाराका चरणमा, हजुरको शासनकाल शान्‍तिमय रहोस्!
8“महाराजालाई यो जनाउन चाहन्‍छौं कि हामी यहूदा प्रान्‍तमा गयौं र महान् परमेश्‍वरको मन्‍दिर बन्‍दैगरेको देख्‍यौं। ठूल्‍ठूला चट्टानका टुक्रा र पर्खालमा काठका बीमहरू लगाइँदै थिए। बडो होशियारीसाथ काम भइरहेको छ र लगातार रूपले अघि बढिरहेको छ।
9“कसले तिमीहरूलाई मन्‍दिर बनाउने र त्‍यसका सामानहरू जुटाउने आज्ञा दियो भनी हामीले मानिसहरूका अगुवाहरूलाई सोध्‍यौं? 10हामीहरूले हजुरलाई जनाउनलाई तिनीहरूका अगुवाहरूका नाम पनि सोध्‍यौं।
11“तिनीहरूले यस्‍तो जवाफ दिए, ‘हामी स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वरका सेवक हौं। जुन मन्‍दिर सुरुमा इस्राएलका एक जना शक्तिशाली राजाले धेरै वर्षअघि बनाएका र त्‍यसका सामानहरू बटुलेका थिए, हामीले त्‍यही मन्‍दिर फेरि बनाइरहेका छौं। 12#२ राजा 25:8-12; २ इतिहास 36:17-20; यर्मिया 52:12-15तर हाम्रा पुर्खाहरूले स्‍वर्गका परमेश्‍वरलाई क्रोधित पारेका हुनाले उहाँले तिनीहरूलाई कल्‍दी राजवंशका राजा बेबिलोनियामा नबूकदनेसर राजाका अधीनमा पारिदिनुभयो। मन्‍दिर ध्‍वंस पारियो र मानिसहरूलाई कैद गरी बेबिलोनियामा लगियो। 13#एज्रा 1:2-11‘तब बेबिलोनियाका महाराजा भई कोरेस राजाले राज्‍य गरेको पहिलो वर्षमा उनले मन्‍दिर फेरि बनाउनू भन्‍ने आज्ञा दिए। 14नबूकदनेसरले यरूशलेमका मन्‍दिरबाट लगेर बेबिलोनका मन्‍दिरमा राखेका सुन र चाँदीका भाँडा-कुँडाहरू कोरेसले फर्काइदिए। ती भाँडा-कुँडा शेशबस्‍सर नाम गरेका मानिसलाई, जो यहूदाका बडा-हाकिम खटाइएका थिए, कोरेस राजाले सुम्‍पिदिए। 15महाराजाले तिनलाई ती यरूशलेमको मन्‍दिरमा फर्काइदिनू र अघि जहाँ मन्‍दिर बनेको थियो, त्‍यही ठाउँमा फेरि मन्‍दिर बनाउनू भनी आदेश दिएका थिए। 16यसकारण शेशबस्‍सर आएर मन्‍दिरको जग बसाले। त्‍यस बेलादेखि अहिलेसम्‍म मन्‍दिर बनाउने काम चलिरहेको छ; तर मन्‍दिर अझै बनिसकेको छैन।’
17“अब हे राजन्! हजुरको दया भए, बेबिलोनमा भएका राजकीय कागज-पत्र जाँच गरियोस् र कोरेस राजाले यो यरूशलेमको मन्‍दिर फेरि बनाउने आज्ञा दिएका हुन् कि होइनन्, सो बुझियोस्। त्‍यसपछि त्‍यसबारे हजुरको जस्‍तो इच्‍छा हुन्‍छ, सो हामीलाई जनाउने कृपा होस्।”

अहिले सेलेक्ट गरिएको:

एज्रा 5: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्