इजकिएल 40
40
भविष्यको मन्दिरको दर्शन
(४०:१—४८:३५)
इजकिएल यरूशलेम लगिन्छन्
1हामी देशबाट कैदमा लगिएको पच्चीसौं वर्ष अथवा यरूशलेम कब्जामा परेको चौधौं वर्षमा नयाँ वर्ष सुरु भएको दशौँ दिनमा परमप्रभुको हात ममाथि भएको थाहा गरें र उहाँले मलाई उठाएर लैजानुभयो। 2#प्रकाश 21:10दर्शनमा परमेश्वरले मलाई इस्राएल देशमा लैजानुभयो र एउटा अग्लो डाँडामाथि राख्नुभयो। दक्षिणतिर मैले एउटा सहरजस्तो देखिने धेरै घरहरूको थुप्रो देखें। 3#प्रकाश 11:1; 21:15उहाँले मलाई त्यो सहरको छेउमा पुर्याउनुभयो र मैले त्यहाँ एउटा काँसाझैँ टल्किरहेको मानिस देखें। तिनले हातमा एउटा मिहिन सुतीको नाप्ने फित्ता र एउटा टाँगो लिएका थिए र तिनीचाहिँ एउटा मूल-ढोकाको छेउमा उभिरहेका थिए।
4तिनले मलाई भने, “ए मरणशील मानिस, राम्ररी हेर्। मैले जे-जे कुरा तँलाई देखाउँछु, ती ध्यान दिएर हेर् र जे-जे भन्दछु, ती पनि कान थापेर सुन्। तँ यहाँ यी कुरा देख्न र सुन्नलाई नै ल्याइएको होस्। तैँले आफूले देखेका सबै कुरा इस्राएलका मानिसहरूलाई बताउनुपर्नेछ।”
पूर्वपट्टिको मूल-ढोका
5 #
१ राजा 6:1-38; २ इतिहास 3:1-9 मैले देखें कि त्यहाँ एउटा मन्दिर रहेछ र त्यसका चारैतिर पर्खाल रहेछ। ती मानिसले तीन मिटर लामो भएको टाँगो उठाए र पर्खालको नाप लिए। त्यो पर्खाल तीन मिटर अग्लो र तीन मिटर मोटो थियो। 6तब तिनी पूर्वपट्टि फर्केको मूल-ढोकातिर गए र खुड्किला उक्लेर टुप्पोसम्म पुगे। त्यहाँ भित्र पस्ने ढोकाको बाहिरी छेउदेखि भित्री छेउसम्मको दूरी तीन मिटर थियो। 7त्यो पार भएपछि एउटा दलान थियो, त्यसका दुवै पट्टि तीन-तीन वटा पहरा-चौकीहरू थिए। प्रत्येक पहरा-चौकीका लमाइ-चौडाइ तीन-तीन मिटरको थियो। चौकीका बीच-बीचको भित्ताको मोटाइ साढे दुई मिटर थियो। ती चौकी पार गरेपछि अर्को बाटो थियो। त्यो बाटो तीन मिटर लामो थियो र त्यसले मन्दिरतर्फ फर्केको एउटा ठूलो कोठामा पुर्याउँथ्यो।
8-9तिनले त्यस कोठाको नाप लिए र त्यो चार मिटर चौडा थियो। त्यो कोठा मन्दिरको सबैभन्दा नजिकको ढोकाको छेउसम्म पुगेको थियो र मन्दिरनिरको भित्ताको मोटाइचाहिँ एक मिटर थियो। 10(दलानका दुवैपट्टि भएका ती पहरा-चौकीहरू एकै नापका थिए र बीच-बीचका भित्ताहरू एउटै मोटाइका थिए।)
11त्यसपछि ती मानिसले पहरा-चौकीहरू माझ भएको दलानको चौडाइ नापे, त्यो जम्मा साढे छ मिटर थियो। ढोकाका दुईटै खापाहरू खुल्ला हुँदा बीचको दूरी पाँच मिटरको थियो। 12हरेक पहरा-चौकीको सामुन्ने एक-एक वटा होचा पर्खाल थिए, त्यो आधा मिटर अग्लो र आधा मिटर बाक्लो थियो। ती पहरा-चौकीहरूका कोठाहरू प्रत्येक तीन मिटर लामो र तीन मिटर चौडा थिए। 13त्यसपछि तिनले एउटा कोठाको पछिल्लो भित्तादेखि दलानपारिका कोठाको पछिल्लो भित्तासम्मको दूरी नापे, त्यो साढे बाह्र मिटर लामो थियो। 14मन्दिरको बाहिरी चोक निस्कने छेउको कोठाको चौडाइ नाप्दा दश मिटर थियो। 15मूल-ढोकाको बाहिरी भित्तादेखि सबैभन्दा पल्लो छेउको कोठाको बाहिरी भित्तासम्मको लमाइ पच्चीस मिटर थियो। 16सबै कोठाका बाहिरी भित्ताहरूमा र कोठाका बीच-बीचका भित्ताहरूमा स-साना झ्यालहरू थिए। बाटोपट्टिको भित्ताको भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए।
बाहिरपट्टिको चोक
17ती मानिसले मलाई प्रवेश गर्ने मूल-ढोकाबाट चोकमा पुर्याए। चोकको बाहिरी भित्तासित टाँसेर बनाइएका तीस वटा कोठाहरू थिए। ती कोठा अगाडिको भूइँ र चोकको चारैतिर ढुङ्गाले छापेको थियो। 18त्यसरी ढुङ्गाले छापेको चोकसम्मै गएको थियो। यो बाहिरी चोक भित्री चोकभन्दा केही होचो थियो।
19अलिक अग्लो सतहमा भित्री चोकसम्म जाने बाहिरी चोकको मूल-ढोका थियो। ती मूल-ढोकाहरूको बीचको दूरी ती मानिसले नापे, त्यो पचास मिटर लामो थियो।
उत्तरपट्टिको मूल-ढोका
20त्यसपछि ती मानिसले उत्तरपट्टिको बाहिरी चोकतिर जाने मूल-ढोकाको नाप लिए। 21यहाँका तीन-तीन वटा पहरा-चौकीहरूका बीचका भित्ताहरू साथै पल्लो छेउको ठूलो कोठाको नाप र पूर्वपट्टिको मूल-ढोकाको सबै नाप बराबर थिए। बाटोको लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो। 22त्यो प्रवेश कोठा, त्यसका झ्यालहरू र भित्तामा खोपेको खजूरका बोटका चित्रहरू सबै पूर्वपट्टिका मूल-ढोकाका जस्तै थिए। सात वटा खुड्किलाले मूल-ढोकामा पुर्याउँथ्यो, मूल-ढोकाको पछिल्लोपट्टिका ठूलो प्रवेश कोठा बाहिरी चोकपट्टि फर्केको थियो। 23पूर्वपट्टि भएको मूल-ढोकाजस्तै यो उत्तरपट्टिको मूल-ढोकाबाट चोक पार गरेर भित्र चोकमा पुर्याउने अर्को एउटा मूल-ढोका थियो। ती मानिसले दुवै मूल-ढोकाका बीचको दूरी नापे, त्यो पचास मिटर लामो थियो।
दक्षिणपट्टिको मूल-ढोका
24त्यसपछि ती मानिसले मलाई दक्षिणपट्टि लगे र त्यहाँ मैले अर्को एउटा मूल-ढोका देखें। तिनले त्यसका भित्री पाटाहरू र त्यसको प्रवेश कोठा नापे र ती पनि अरूहरूजस्तै एकै नापका थिए। 25अरू मूल-ढोकामा भएजस्तै यो मूल-ढोकाका कोठाहरूमा पनि झ्यालहरू थिए। बाटोको जम्मा लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो। 26सात वटा खुड्किलाले मूल-ढोकासम्म पुर्याउँथ्यो र पल्लो छेउमा बाहिरी चोकपट्टि फर्केको ठूलो कोठा थियो। बाटोपट्टिका भित्ताका भित्री पाटामा खजूरका रूखका चित्रहरू खोपिएका थिए। 27यतापट्टि पनि भित्री चोकमा पुर्याउने अर्को मूल-ढोका थियो। त्यस मूल-ढोका र बाहिरी मूल-ढोकाको बीचको दूरी ती मानिसले नापे, त्यो पचास मिटर लामो थियो।
भित्री चोकको दक्षिणपट्टिको मूल-ढोका
28ती मानिसले मलाई दक्षिणको मूल-ढोकाबाट भित्री चोकमा पुर्याए। तिनले त्यो मूल-ढोकाको नाप लिए र त्यो पनि अरू मूल-ढोकाको नाप बराबर थियो। 29-30त्यसका पहरा-चौकीहरू, ठूलो कोठा र भित्री भित्ताहरू पनि अरू मूल-ढोकाका नाप बराबर थिए। यस मूल-ढोकापट्टिका कोठाहरूमा पनि झ्यालहरू थिए। लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो। 31यसको पनि बाहिरी चोकपट्टि फर्केको ठूलो कोठा थियो। दलानपट्टिका भित्ताका भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए। मूल-ढोकासम्म पुग्न जम्मा आठ खुड्किला थिए।
भित्री चोकको पूर्वपट्टिको मूल-ढोका
32ती मानिसले पूर्वपट्टिको मूल-ढोकाबाट मलाई भित्री चोकमा पुर्याए। तिनले मूल-ढोकाको नाप लिए र त्यो पनि अरू मूल-ढोकाको नाप बराबर थियो। 33त्यसका पहरा-चौकीहरू, प्रवेश कोठा र भित्री भित्ताहरूका नाप पनि अरू मूल-ढोकाका जस्तै थिए। चारैतिर झ्याल थिए। प्रवेश कोठामा पनि झ्याल थियो। यी सबैको जम्मा लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो। 34त्यसको पनि बाहिरी चोकपट्टि फर्केको प्रवेश कोठा थियो। दलानपट्टिका भित्ताका भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए। मूल-ढोकासम्म पुग्न जम्मा आठ खुड्किला थिए।
भित्री चोकको उत्तरपट्टिको मूल-ढोका
35त्यसपछि ती मानिसले मलाई उत्तरपट्टिको मूल-ढोकामा पुर्याए। तिनले त्यसको नाप लिए र त्यो पनि अरू मूल-ढोका बराबर थियो। 36अरू मूल-ढोकाहरूपट्टि जस्तै यता उत्तर ढोकापट्टि पनि पहरा-चौकीहरू थिए। त्यसको भित्री भित्ता खजुरको बोटको चित्रले सिंगारिएको थियो अनि एउटा प्रवेश कोठा र चारैपट्टि झ्यालहरू थिए। त्यसको लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो। 37यसको पनि बाहिरी चोकपट्टि फर्केको प्रवेश कोठा थियो। दलानपट्टिका भित्तामा खजूरका बोटका चित्रहरू खोपिएका थिए। मूल-ढोकासम्म पुग्न जम्मा आठ खुड्किला थिए।
उत्तरको मूल-ढोकाछेउका कोठाहरू
38बाहिरको चोकमा एउटा थप कोठा बनाइएको थियो। त्यो कोठा उत्तरपट्टिको भित्री मूल-ढोकासित जोडिएको थियो र त्यहाँ तिनीहरूले होमबलिका पशुहरू धुन्थे। 39प्रवेश कोठामा चाहिँ एकापट्टि दुई वटा र अर्कापट्टि दुई वटा गरी जम्मा चार वटा टेबिलहरू थिए। तिनै टेबिलमा तिनीहरूले बलि चढाइने पशुहरू काट्थे। ती पशुहरू होमबलि, पापबलि वा दोषबलिको निम्ति चढाइन्थे। 40कोठाबाहिर पनि त्यस्तै चार वटा टेबिलहरू थिए। ती टेबिलहरू उत्तरपट्टिका मूल-ढोकाको एकापट्टि दुई वटा र अर्कापट्टि दुई वटा गरी राखिएका थिए। 41त्यहाँ जम्मा आठ वटा टेबिलहरू थिए, जसमाथि बलि चढाइने पशुहरू काटिन्थे। चार वटा टेबिल कोठाभित्र र चार वटा बाहिर चोकमा थिए। 42थप कोठाका अरू चार टेबिलहरू ढुङ्गा काटेर बनाएका थिए र त्यहाँ होमबलि तयार गरिन्थे। ती टेबिल आधा मिटर अग्ला, पौने एक मिटर लामा र पौने एक मिटर नै चौडा थिए। ती टेबिलहरूमा पशुहरू काट्दा चलाउने हात-हतियार र अरू सरजामहरू राखिन्थे। 43टेबिलका चारैतिर साढे सात सेन्टिमिटर चौडा बिट लागेको थियो। बलिमा चढाइने मासु ती टेबिलमा राखिन्थे।
44त्यसपछि तिनले मलाई भित्री चोकमा लगे। त्यहाँ भित्री चोकपट्टि खोलिने ढोका भएका दुई वटा कोठाहरू थिए। उत्तरपट्टिको मूल-ढोकाछेउमा भएको कोठाचाहिँ दक्षिणपट्टि फर्केको थियो र दक्षिणपट्टिको मूल-ढोका छेउमा भएको कोठाचाहिँ उत्तरपट्टि फर्केको थियो। 45ती मानिसले मलाई भने कि दक्षिणतर्फ फर्केको कोठा मन्दिरमा सेवाकार्य गर्ने पूजाहारीहरूको निम्ति 46र उत्तरतर्फ फर्केको कोठा वेदीमा सेवाकार्य गर्ने पूजाहारीहरूको निम्ति हो। सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्; तिनीहरू लेवी कुलका मानिसहरू मात्र हुन्, जसले परमप्रभुको समीपमा सेवाकार्य गर्न अनुमति पाएका हुन्।
भित्री-चोक र मन्दिर
47ती मानिसले भित्री-चोकको नाप लिए, त्यो पचास मिटर लामो र पचास मिटर चौडा थियो। मन्दिरचाहिँ पश्चिमपट्टि थियो र मन्दिरको अघि एउटा वेदी थियो। 48तिनले मलाई मन्दिरको प्रवेश कोठामा लगे। तिनले नै प्रवेश कोठाको नाप लिए। यो कोठाचाहिँ अढाइ मिटर गहिरो र सात मिटर चौडा थियो। त्यो प्रवेश कोठाको दुवैपट्टिका पर्खालहरूको मोटाइ डेढ मिटर थियो। 49प्रवेश-कोठासम्म जान खुड्किला थिए, त्यो कोठा दश मिटर लामो र छ मिटर चौडा थियो। प्रवेश-ढोकाका दुईपट्टि एक-एक वटा स्तम्भहरू थिए।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 40: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.