परमप्रभु मसित फेरि बोल्नुभयो। उहाँले भन्नुभयो, “ए मरणशील मानिस, टुरोसको राजामाथि आउन लागेको दिन-दशाको निम्ति विलाप गर्। म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो त्यसलाई सुना। कुनै समय तँ आदर्शको नमुना थिइस्। तँ बुद्धिमान् र सुन्दर थिइस्! तँ परमेश्वरको बगैँचा अदनमा बास गर्थिस् र हरेक किसिमका रत्नहरू अथवा मानिक र पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले सिंगारिन्थिस्। तेरा सुनका गर-गहनाहरू थिए। तेरो सृष्टि भएकै दिन ती गहना-रत्नहरू तेरो निम्ति तयार गरिएका थिए। तेरो रक्षा गर्न मैले त्यहाँ एउटा डरलाग्दो स्वर्गदूत खटाएँ। तँ मेरो पवित्र पर्वतमा बास गर्थिस् र चम्किला रत्नहरूका बीच हिंड्डुल गर्थिस्। तेरो सृष्टि भएको दिनदेखि तेरो दुष्ट्याइँ फेला नपरेसम्म तेरो चालचलन अति निर्दोष थियो। तँ व्यापारमा व्यस्त थिइस् र त्यसले तँलाई हिंसा र पाप गर्न लायो। यसकारण तँलाई मैले मेरो पवित्र पर्वत छोड्न कर लाएँ र तेरो रखवाली गर्ने स्वर्गदूतले तँलाई चम्किला रत्नहरूका बीचबाट धपायो। तँ आफ्नो सुन्दरतामा घमण्ड गर्थिस् र तेरो सुनामले तँलाई मूर्ख बनायो। त्यही कारणले गर्दा मैले तँलाई जमिनमा फ्याँकिदिएँ र अरू राजाहरूको अघि तमासा बनाइदिएँ।
इजकिएल 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 28:11-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू