इजकिएल 19
19
शोकको गीत
1इस्राएलका दुई राजकुमारहरूका निम्ति यो शोकको गीत गाउन परमप्रभुले मलाई भन्नुभयो, “विलाप गर् र भन्:
2“तेरी आमा सिंहहरूका बीचमा कस्ती सिंहिनी थिई!
त्यो आफ्ना डमरुहरूलाई हुर्काउँदै जवान सिंहहरूका बीचमा ढल्केर बस्थी।
3ती डमरुहरूमध्ये एउटालाई त्यसले हुर्काएर बढाई
र त्यो एउटा बलियो सिंह भयो।
त्यसले शिकारलाई फहराउन सिक्यो
र मानिसहरूलाई खान लाग्यो।
4जाति-जातिहरूले त्यसको विषयमा सुने
र तिनीहरूले खाडल खने र त्यो त्यसमा पर्यो।
तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर
मिश्रदेशमा लगे।
5“जब त्यसले आफ्नो आशा पूरा नभएको
र आफ्नो अपेक्षा अन्त भएको देखी,
तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई
र त्यसलाई एउटा बलियो सिंह बनाई।
6त्यो सिंहहरूमध्ये यताउता हिँडडुल गर्न लाग्यो
किनकि अब त्यो एउटा बलियो जवान सिंह भएको थियो।
त्यसले शिकारलाई फहराउन सिक्यो
र मानिसहरूलाई खान लाग्यो।
7त्यसले तिनीहरूका किल्लाहरू भत्काइदियो
र तिनीहरूका सहरहरू उजाड पार्यो।
त्यो गर्जेको आवाजले देशका सबै मानिसहरू तर्से।
8जाति-जातिहरू छेउ-छाउका इलाकाहरूबाट
त्यससँग लडाइँ गर्न आए
र त्यसलाई पक्रनलाई तिनीहरूले जाल फिंजाए
र त्यो तिनीहरूको खाडलमा पर्यो।
9तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर एउटा खोरमा हाले
र त्यसलाई बेबिलोनको राजाकहाँ ल्याए।
इस्राएलका डाँडाहरूमा त्यसको आवाज
फेरि कहिल्यै नसुनिओस् भनेर तिनीहरूले त्यसलाई कैदमा राखे।
10“पानीको छेउमा रोपिएको दाखबारीमा
दाखको बोटजस्तै तेरी आमा थिई।
प्रशस्त पानीको कारणले त्यो फलैफल भएकी
र हाँगाहरूले झ्याम्म परेकी थिई।
11त्यसका हाँगाहरू बलिया थिए,
शासकको राजदण्डको लागि उचित।
बाक्ला हाँगाहरूको बीचमा त्यो अग्लो भएर बढ्यो।
त्यसका हाँगाहरू धेरै थिए
र त्यो अग्लो देखिन्थ्यो।
12तर क्रोधमा त्यो उखेलियो
र जमिनमा त्यो फ्याँकियो।
पूर्वीय बतासले त्यसलाई सुकाइदियो
र त्यसका फलहरू सबै झारिए।
त्यसका बलिया हाँगाहरू सुकिहाले
र आगोले ती भस्म पार्यो।
13अब त्यो मरुभूमिमा रोपियो,
सुख्खा र पानी नभएको ठाउँमा।
14त्यसको मूल हाँगामा आगो सल्काइयो
र त्यसका हाँगाहरू र फलहरू भस्म पारियो।
त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन,
शासकको जो राजदण्डको निम्ति उचित थियो।
यो एउटा शोकको गीत हो।
यो घरीघरी गाइन्छ।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 19: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.