इजकिएल 15
15
दाखको बोटको उखान
1परमप्रभु मसित बोल्नुभयो, 2“ए मरणशील मानिस, जङ्गलको रूखसँग दाखको बोटको तुलना गर्दा कत्तिको कामलाग्दो हुन्छ? 3के त्यसबाट केही बनाउन सकिन्छ? के त्यसबाट केही कुरो झुन्ड्याउने किलोसम्म बनाउन सकिएला त? 4त्यो त आगो बाल्न मात्र हुन्छ। जब त्यसको टुप्पो र फेद जल्छ अनि बीचको भाग अँगार बन्दछ भने, के त्यो काम लाग्न सक्छ र? 5जलाउनुभन्दा अघि पनि त्यो बेकामको थियो। अब, जलाइसकेर अँगार बनिएपछि त्यो झन् बेकामको हुन्छ।”
6अब सार्वभौम परमप्रभु यसो भन्दै हुनुहुन्छ, “जसरी दाखको बोट जङ्गलबाट लगेर जलाइन्छ, त्यसरी यरूशलेमका बासिन्दाहरूलाई लिएर 7म तिनीहरूलाई दण्ड दिनेछु। एकपल्ट आगोबाट त तिनीहरू बाँचे तर अबको आगोले तिनीहरूलाई भस्म पार्नेछ। मैले तिनीहरूलाई दण्ड दिंदा तिमीहरूले जान्नेछौ कि परमप्रभु म नै हुँ। 8तिनीहरू मप्रति अविश्वासयोग्य भएका छन्। यसकारण म यो देशलाई एउटा उजाड-भूमि बनाउनेछु।” सार्वभौम परमप्रभु भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.