इजकिएल 10
10
परमप्रभुको महिमा मन्दिरबाट हटेको
1 #
इजकिएल 1:26; प्रकाश 4:2 पखेटा भएका जीवित प्राणीहरूको शिरमाथिको गुम्बजलाई मैले हेरें अनि त्यसको मास्तिर नीरले बनिएको एउटा सिंहासनजस्तो देखें। 2#प्रकाश 8:5परमेश्वरले त्यो मिहिन सुतीको पोशाक लाउने मानिसलाई भन्नुभयो, “ती जीवित प्राणीहरूमुनि भएका पाङ्ग्राहरूका बीचमा जा र ती प्राणीहरूका माझबाट आगोको भुङ्ग्रो हातभरि लिएर सहरमाथि छरिदे।”
मैले त्यो मानिस गएको हेरें। 3त्यो भित्र जाँदा ती प्राणीहरू मन्दिरको दक्षिणपट्टि उभिरहेका थिए र भित्री चोक बादलले भरियो। 4ती प्राणीहरूको मास्तिरबाट परमप्रभुको महिमा उठेर मन्दिरको ढोकामा पुग्यो। तब बादलले मन्दिर भरियो र परमप्रभुको महिमाको चमकले चोक झलमल्ल भयो। 5ती प्राणीहरूले पखेटा चलाएको आवाज बाहिरी चोकसम्म पनि सुनिन्थ्यो। यो आवाज सर्वशक्तिमान् परमेश्वरको आवाज जस्तै सुनिन्थ्यो।
6जब परमप्रभुले मिहिन सुतीको पोशाक लाउने मानिसलाई ती जीवित प्राणीहरूमुनि भएका पाङ्ग्राहरूको बीचबाट केही आगोको भुङ्ग्रो लिन आज्ञा गर्नुभयो, तब त्यो मानिस भित्र गएर एउटा पाङ्ग्राको छेउमा उभियो। 7एउटाचाहिँ प्राणीले आफ्नो हात त्यहाँ भएको आगोमा हाल्यो र केही आगोको भुङ्ग्रो लिएर त्यो मिहिन सुतीको पोशाक लाउने मानिसको हातमा राखिदियो। अनि भुङ्ग्रो लिएर त्यो मानिस त्यहाँबाट निस्क्यो।
8प्रत्येक प्राणीको पखेटामुनि मानिसको हातझैँ देखिने आकार थियो। 9#इजकिएल 1:15-21मैले हरेक प्राणीको छेउमा एउटै किसिमका चार-चार वटा पाङ्ग्राहरू पनि देखें। पाङ्ग्रा दामी रत्नझैँ चम्कन्थे 10र प्रत्येकलाई समकोणमा भाग गर्दै अर्को एक-एक वटा पाङ्ग्रा पनि थियो। 11प्राणीहरू हिंड्दा तिनीहरू आफूले इच्छा गरेअनुसार कुनै पनि दिशामा जिउ नफर्काई एकसाथ हिंड्थे। त्यसरी नै ती पाङ्ग्राहरू पनि यताउता नफर्की चारै दिशा जान सक्थे। 12#प्रकाश 4:8ती प्राणीहरूका शरीर, पिठ्युँ, हात र पखेटाहरू अनि पाङ्ग्राहरू पनि आँखै-आँखाले भरिएका थिए। 13ती पाङ्ग्राहरूलाई हुरुरुरु घुम्ने पाङ्ग्राहरू भनिएको मैले सुनें।
14 #
इजकिएल 1:10; प्रकाश 4:7 प्रत्येक प्राणीका चार-चार वटा अनुहार थिए। पहिलो अनुहार साँढेको, दोस्रो मानिसको, तेस्रो सिंहको र चौथो चिलको थियो। 15ती प्राणीहरू माथि उडे। (मैले अघि कबार नदीको किनारमा देखेको जीवित प्राणीहरू यिनीहरू नै थिए।) 16र ती प्राणीहरू जाँदा पाङ्ग्राहरू पनि साथसाथ जान्थे। तिनीहरूले उड्न पखेटा फैलाउँदा त्यस बेला पनि पाङ्ग्राहरूसँगसँगै जान्थे। 17तिनीहरू थामिंदा पाङ्ग्राहरू थामिन्थे, तिनीहरू उड्दा पाङ्ग्राहरू पनि साथ-साथ जान्थे किनभने प्राणीहरूका आत्मा पाङ्ग्रामा थिए।
18त्यसपछि परमप्रभुको महिमा मन्दिरको ढोकाबाट निस्केर ती प्राणीहरूका मास्तिर पुग्यो। 19मैले हेर्दाहेर्दै ती प्राणीहरूले आफ्ना पखेटा फैलाएर पृथ्वीबाट माथितिर उडिगए र पाङ्ग्राहरू तिनीहरूसँगसँगै गए। तिनीहरू मन्दिरको पूर्वपट्टिको मूल-ढोकामा अडिए। तिनीहरूमाथि इस्राएलका परमेश्वरको महिमा थियो। 20कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुनि मैले देखेका प्राणीहरू यी प्राणीहरू नै रहेछन् भनी चिनें।
21तिनीहरू हरेकका चार-चार वटा अनुहार, चार-चार वटा पखेटा र हरेक पखेटामुनि मानिसको हातझैँ देखिने आकारहरू थिए। 22तिनीहरूका अनुहारहरू मैले कबार नदीको किनारमा देखेका अनुहारहरूजस्तै थिए। हरेक प्राणी सोझै आफ्नो अघिल्तिर जान्थे।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 10: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.