YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:11-14

प्रस्‍थान 3:11-14 सरल नेपाली

तर मोशाले परमेश्‍वरलाई भने, “म को हुँ र? म कसरी राजाकहाँ गएर इस्राएलीहरूलाई निकाली ल्‍याउन सक्‍छु?” परमेश्‍वरले उत्तर दिनुभयो, “म तँसित रहनेछु र जब तैँले इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउनेछस्, तिमीहरूले मलाई यस पर्वतमा पुज्‍नेछौ। मैले तँलाई पठाएको हो भन्‍ने प्रमाण यही नै हुनेछ।” तर मोशाले उत्तर दिए, “जब म इस्राएलीहरूकहाँ गएर ‘तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले मलाई पठाउनुभएको हो’ भनुँला, तब ‘उहाँको नाम के हो’ भनी तिनीहरूले मलाई सोधे भने मैले के भन्‍नु?” परमेश्‍वरले भन्‍नुभयो, “म जो हुँ, उही हुँ। तैँले तिनीहरूलाई भन्‍नू, ‘म हुँ भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’

प्रस्‍थान 3 पढ्नुहोस्