YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 10:16-29

प्रस्‍थान 10:16-29 सरल नेपाली

तब राजाले हतार-हतार मोशा र हारूनलाई बोलाएर भने, “मैले तिमीहरूका परमप्रभु परमेश्‍वर र तिम्रा विरुद्धमा पाप गरें। एकपल्‍टको लागि मेरा पाप क्षमा गर र त्‍यो मृत्‍यु बराबरको दण्‍ड मबाट हटाइलैजान आफ्‍ना परमेश्‍वर परमप्रभुसित प्रार्थना गरिदेओ।” मोशाले राजाबाट बिदा लिए र परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले पूर्वबाट आएको बतासलाई शक्तिशाली पश्‍चिमी बतासमा परिवर्तन गर्नुभयो र त्‍यो बतासले सलहहरूलाई उडाएर लाल समुद्रमा हालिदियो। मिश्रमा एउटै सलह पनि रहेन। तर परमप्रभुले राजाको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “आफ्‍नो हात आकाशतिर पसार्‌ र मिश्रदेशमा बाक्‍लो निष्‍पट्ट अन्‍धकार हुनेछ।” मोशाले हात आकाशतिर पसारे र मिश्रभरि नै तीन दिनसम्‍म निष्‍पट्ट अँध्‍यारो भयो। मिश्रीहरूले एक-अर्कालाई देख्‍न सकेनन् र तीन दिनसम्‍मै कसैले आफ्‍नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्‍यालै थियो। राजाले मोशालाई बोलाएर भने, “तिमीहरू गएर आफ्‍ना परमप्रभुलाई पुज, तिम्रा आइमाई, बालबच्‍चाहरू पनि जाऊन्। तर तिम्रा भेडा-बाख्रा र गाई-गोरु यहीँ छोडिराख।” मोशाले जवाफ दिए, “त्‍यसो भए हाम्रा परमेश्‍वर परमप्रभुलाई बलि गर्न, होमबलि चढाउन तपाईंले पशुहरू लैजान दिनैपर्छ। हाम्रा आफ्‍ना पशुहरू लैजानेछौं, एउटै पनि छोड्‍नेछैनौं। हाम्रा परमेश्‍वर परमप्रभुलाई चढाउनुपर्ने पशुहरू हामी आफैंले रोज्‍नुपर्छ। अनि त्‍यस ठाउँमा नपुगेसम्‍म कुन-कुन पशुहरू बलि गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।” परमप्रभुले राजाको हृदय कठोर पार्नुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तिनले मोशालाई भने, “मेरो नजरबाट निस्‍की! मलाई तेरो अनुहार फेरि नदेखा! जुन दिन तँ मेरो सामुन्‍ने देखा पर्छस् त्‍यही दिन तँ मर्नेछस्!” “तपाईंले ठीक भन्‍नुभयो,” “तपाईंले मलाई फेरि कहिल्‍यै देख्‍नुहुनेछैन।” मोशाले जवाफ दिए।

प्रस्‍थान 10 पढ्नुहोस्