YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 1:17-22

प्रस्‍थान 1:17-22 सरल नेपाली

तर ती सुँडेनीहरूले परमेश्‍वरको डर मान्‍थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए। यसकारण राजाले ती दुई सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले के गर्दै छौ? किन छोराहरू पनि जिउँदै छोड्दै छौ?” तिनीहरूले उत्तर दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्; तिनीहरूले सजिलै बच्‍चा जन्‍माउँछन्, हामी पुग्‍नुभन्दा अघि नै तिनीहरूले बच्‍चाहरू जन्‍माइसक्‍छन्।” ती सुँडेनीहरूले परमेश्‍वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्‍याण गर्नुभयो र तिनीहरूलाई सन्‍तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए। अन्‍तमा राजाले सारा प्रजालाई यस्‍तो आज्ञा दिए, “हिब्रूहरूका भर्खर जन्‍मेका प्रत्‍येक बालकलाई नील नदीमा फालिदिनू तर छोरीहरूलाई छोडिदिनू।”

प्रस्‍थान 1 पढ्नुहोस्