उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो। यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं। तब हामी स-साना केटा-केटीजस्ता धूर्त मानिसका विभिन्न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्छ।
एफिसी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 4:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू